English

सेयर बजारमा उच्च अंकको पहिरो



लगातार दुई दिन बढेको सेयर बजार आज बिहीवार भने उच्च अङ्कले घटेको छ । सेयर बजार परिसूचक नेप्से आज ५७ अङ्कले घटेर एक हजार नौ सय २४ दशमलव ४८ विन्दुमा झरेको छ ।

आज सबै समूहको सेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, उत्पादन, विकास बैंक, जलविद्युत्, फाइनान्स, होटल तथा पर्यटन र व्यापार समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ ।

नेप्से परिसूचक उच्च अङ्कले घटेको दिन दुई सय ३२ वटा कम्पनीको ६९ लाख ४० हजार कित्ता शेयर दुई अर्ब १२ करोड ५६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै लक्ष्मी विकास बैंकको २१ करोड ५० लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज एनआईसी एसिया फ्लेक्जी क्याप फन्डको सेयर सबैभन्दा धेरै आठ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि सिटिजन्स म्युचल फन्ड २ को सेयर चार प्रतिशतभन्दा धेरैले बढेको छ ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,