English

रसुवागढी र तातोपानी नाका खोल्न पहल गर्ने



नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले दसैंअघि नै रसुवागढी नाकातातोपानी नाका खोल्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् । कोरोनाभाइरस संक्रमणको कारण देखाएर चीनले लामो समयदेखि उक्त नाका बन्द गरेको छ ।

उक्त नाका खोल्न आफूले पहल गर्ने चान्सुले प्रतिबद्धता जनाएका हुन् । सोमबार नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका उनले मंगलबार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँँगको भेटमा उक्त नाका खोल्न पहल गर्ने प्रतिबद्धता जनाएका हुन् ।

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले दसैंअघि रसुवागढी नाका र तातोपानी नाका खोल्न आग्रह गरेपछि चान्सुको उक्त प्रतिबद्धता आएको हो ।

सो नाका बन्द हुँदा नेपाली व्यापारीहरूको करोडौं मूल्य बराबरको सामग्रीहरू बाटोमै अलपत्र परेका छन् ।

ली चान्सुले ओली र प्रचण्डलाई भेटे

नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले उच्चस्तरीय भेटवार्ता जारी राखेका छन् । नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेका उनले मंगलबार सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गरेका छन् ।

नयाँबानेश्वरस्थित संसद भवनमा चान्सुले प्रचण्डलाई भेटेका हुन् । संसद भवनमै उनले प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका छन् ।

प्रचण्ड र ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुअघि उनले मंगलबार बिहान चान्सुले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई पनि भेटेका थिए ।

नेपाल आएलगत्तै सोमबार साँझ चान्सुले सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका थिए । सभामुख सापकोटाको निमन्त्रणमा उनी नेपाल आएका हुन् ।

यो पनि…
चिनियाँ विदेशमन्त्रीलाई कुन नेताले के भने ? (फोटो फिचर)

चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण : यी हुन् छलफलका एजेन्डा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested