English

विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर ओरालो, युरो उकालो



नेपाल राष्ट्र बैंकले मंगलबारका लागि प्रकाशित गरेको विदेशी मुद्रा विनिमय दरनुसार अमेरिकी डलरको भाउमा ओरालो लागेको छ भने युरोपियन युरो बढेको छ ।

सोमबार एकको खरिददर १२७ रुपैयाँ ४ पैसा र बिक्रीदर १२७ रुपैयाँ ६४ पैसा रहेको अमेरिकी डलर मंगलबार घटेर एकको खरिदमा १२६ रुपैयाँ ९४ पैसा र बिक्रीमा १२७ रुपैयाँ ५४ पैसामा झरेको हो ।

त्यस्तै, एकको खरिदमूल्य १२७ रुपैयाँ ५६ पैसा र बिक्रीमूल्य १२८ रुपैयाँ १६ पैसा रहेको युरोपियन युरो मंगलबार बढेर खरिदमा १२८ रुपैयाँ ७७ पैसा र बिक्रीमा १२९ रुपैयाँ ३८ पैसा पुगेको छ ।

अष्ट्रेलियन डलरको भाउ पनि बढेको छ । सोमबार एकको खरिददर ८६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३३ पैसा रहेको अष्ट्रेलियन डलर मंगलबार बढेर खरिदमा ८७ रुपैयाँ २३ पैसा र बिक्रीमा ८७ रुपैयाँ ६५ पैसा पुगेको हो ।

त्यस्तै, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ९८ रुपैयाँ १३ पैसा, सिङ्गापुर डलर एकको खरिदमा ९० रुपैयाँ ९१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३४ पैसा, जापानी येन १० को खरिददर ८ रुपैयाँ ९० पैसा र बिक्रीदर ८ रुपैयाँ ९४ पैसा रहेको छ ।

यता, डलरसँगै साउदी रियालमा सामान्य ओरालो लागेको छ भने कतारी रियाल बढेको छ । यसअघि खरिदमूल्य ३३ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ९७ पैसा रहेको साउदी रियाल आज खरिदमा ३३ रुपैयाँ ७८ पैसा र बिक्रीमा ३३ रुपैयाँ ९४ पैसा कायम भएको छ छ ।

कतारी रियाल भने सामान्य महङ्गिएको छ । यसअघि एकको खरिदमा ३४ रुपैयाँ ६८ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८५ पैसा रहेको कतारी रियालको खरिददर ३४ रुपैयाँ ७० पैसा र बिक्रीमा ३४ रुपैयाँ ८६ पैसा कायम भएको छ ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested