English

सेयर बजारमा सामान्य गिरावट



साताको पाँचौ कारोबार दिन बिहीबार सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । बिहीबार नेप्से २.२३ अंकले गिरावट भएर १९३७.७४ अंकमा बन्द भएको छ । आइतबार एकल अंकको वृद्धिपछि सोमबारबाट घटेको नेप्से लगातार चौथो कारोबार दिन बिहीबार पनि गिरावट भएको हो ।

नेप्सेमा गिरावट भएपनि विकास बैंक, वित्त कम्पनी, हाइड्रोपावर, होटल तथा पर्यटन, लगानी र निर्जीवन बीमा उपसूचकमा वृद्धि भएको छ । तर, बैंकिङ, जीवन बीमा, अन्य लगायतको उपसूचकमा भने गिरावट भएको छ ।

नेप्सेमा गिरावट भएपनि कारोबार रकम भने केही सुधार भएर अर्ब नाघेको छ । बुधबार ८२ अर्बमा सीमित भएको कारोबार रकम बिहीबार बढेको हो । बिहीबार बजारमा ३४ लाख १ हजार ७६२ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४ करोड ४४ लाख ४१ हजारको कारोबार भएको छ । जसमध्ये हिमालयन एभरेष्ट इन्स्योरेन्सको सर्वाधिक १३ करोड १० लाख ४५ हजारको कारोबार हुँदा रिडी हाइड्रोपावरको ४ करोड ४४ लाख ८१ हजारको कारोबार भएको छ ।

बिहीबार बजारमा कुल १८८ कम्पनीको सेयर कारोबार भएकोमा ११७ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । त्यस्तै ६१ कम्पनीको सेयर मूल्यमा गिरावट हुादा १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । कारोबार भएकामध्ये ग्लोबल आईएमई लघुवित्तको सेयर मूल्य सर्वाधिक ४.४९ प्रतिशतले वृद्धि हुँदा मल्टिपर्पस फाइनान्सको सेयर मूल्य ४.०९ प्रतिशतले वृद्धि भएको छ ।

यता सामुदायिक लघुवित्तको सेयर मूल्य ६.४९ प्रतिशतले गिरावट हुँदा अपर हेवाखोला जलविद्युत् कम्पनीको सेयर मूल्य ५.५६ प्रतिशतले घटेको छ ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested