English

दैनिक २२ सय कमाइ हुने तान बुन्ने पेसा संकटमा



सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालस्थित नागी घ्याङ र मानेखर्कमा कुनै समय प्रत्येक घरधुरीमा श्यामा (तान) बुन्ने गरिन्थ्यो । अहिले दुई/चार घरमा मात्र ५५ वर्ष उमेर पार गरेका महिलाहरुले श्यामा बुनेर आफ्नो दैनिकी चलाउने गरेका छन् ।

तामाङ र ह्योल्मो समुदायका महिलाहरुले प्रयोग गर्ने श्यामा कपडा यस समुदायमा एकदमै लोकप्रिय मानिन्छ । तर, अहिलेका पुस्ताहरुले बुन्न छाडेपछि श्यामा मुस्किलले मात्र पाउन थालेको छ ।

मानेखर्कका ५८ वर्षीया ग्याल्मु लामाले श्यामा बुनेर दैनिक २२ सय कमाइ गर्छिन् । १६ वर्षको उमेर हुँदा श्यामा (तान) बुन्न थालेकी उनले अहिलेसम्म निरन्तर यहि कामबाट घर खर्च टार्दै आएकी छिन् । उनी भन्छिन्, ‘अहिले हामी तीन÷चारजना महिलाहरुले मात्र तान बुन्ने गरेका छौँ । बजारमा यसको माग धेरै भए पनि हामीले पुर्याउन सकेका छैनौँ । बुन्नुभन्दा अगाडि नै घरमै आएर ग्राहकले अर्डर गरेर जानुहुन्छ ।’

सुरुवातमा बुनेर बेच्दा यसको मूल्य १८० रुपैयाँ थियो । अहिले एउटाको आठ सयदेखि २२ सय रुपैयाँसम्म पर्छ । उनीहरुलाई रेडिमेट मेसिनले बनाएको श्यामा गाउँ घरमा भित्र्याउँदा नरमाइलो लागेको थियो । तर, हातले घरमै बुनेको जस्तो गुणस्तरीय नपाएपछि फेरि अर्डर गर्न ग्राहकहरु घरमै आएको ग्याल्मु लामाले बताए ।

आम्दानीको राम्रो स्रोत

एक पल्टको तानमा १२ वटा श्यामा बन्छ । एक दिनमा एक जनाले एक वा दुई वटासम्म बुन्न सकिन्छ । १२ वटा श्यामा बुन्दा यसमा प्रयोग हुने रङ, धागोको खर्च जोडेर पनि यसमा राम्रो फाइदा हुने उद्यमी बताउँछन् । त्यस्तै यस कपडाबाट श्यामा मात्र नभई झोला, थैलो जस्ता विभिन्न सामग्री बनाउन पनि प्रयोग गर्न सकिने स्थानीय बाबुराम लामा बताउँछन् । तान बुन्दा प्रयोग हुने हाते सामग्रीहरु सबै गाउँघरमै पाउने काठ, बाँस, मुडा बाट नै तयार गर्न सकिने हुँदा थोरै खर्चमै तयार गर्न सकिने उनको भनाइ छ ।

७३ वर्षीय नोर्चिन लामा पनि लामो समयदेखि श्यामा बुनेको अनुभव सुनाउँदै पहिलाभन्दा अहिले यसको मूल्य पनि धेरै राम्रो रहेको बताउँछन् । ‘यसको माग पनि राम्रो छ । तर, अहिलेका नयाँ पुस्ताले बेवास्ता गर्दा दुःख लाग्छ । बल हुन्जेलसम्म तान बुनेर जिविकोपार्जन गरेँ । तर, अहिले उमेर ढल्किएपछि बुन्न सकिएन,’ उनी भन्छिन्, ‘हामी वृद्व भएसँगै यो तान (श्यामा) बुन्नेको संख्या निकै कम हुँदै गयो । अबको नाति नातिनाले श्यामा भनेको के हो भनेर नि बिर्सिन्छ जस्तो लाग्छ ।’

तन्नेरी अवस्थामा श्यामा बुनेर जुगल गाउँपालिकाको तेम्बाथाङ, गुम्बाथाङसम्म बेच्न गएको उनले बताए । पाँचपोखरी गाउँपालिकाभित्रका गुन्सा, भोताङ, बरुवा, बासखर्कका तामाङ समुदायका महिला र युवतीले श्यामा कपडा धेरै मात्रमा प्रयोग गर्ने हुँदा घरमै अर्डर गर्न आउँथे । यहाँ बनेर तयार गरिएको श्यामा श्यामा लण्डन, भारत, अमेरिकामा बस्नेले समेत अर्डर गर्ने गरेका थिए । घरमा नै बसेर राम्रो आम्दानी हुने यो कार्यलाई अहिलेको पुस्ताले पनि निरन्तरता दिए राम्रो आम्दानीसँगै श्यामा व्यवसायको संरक्षण हुने देखिन्छ ।

यो पनि…
पाल्पाली ढाकाको आफ्नै शान, मान र दाम
ऊनको अभावमा चर्खा चल्न छोड्यो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested