English

सेयर बजारमा सामान्य वृद्धि



साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य सुधार भएको छ । लगातार तीन कारोबार दिनेसम्म दोहोरो अंकले गिरावट भएको बजार परिसूचक नेप्से सोमबार भने ३.७६ अंकले वृद्धि भएर बन्द भएको छ ।

नेप्से सँगै अधिकाम्स उपसूचमा सुधार हुँदा बैंकिङ र लघुवित्त उपसूचकमा सामान्य गिरावट भएको छ । त्यस्तै लगानी उपसूचक ०.५८ प्रतिशतले गिरावट हुँदा म्युचुअल फण्ड उपसूचक १.१२ प्रतिशतले गिरावट भएको छ ।

नेप्सेमा सुधार भएपनि कारोबार रकम भने सवा एक अर्बमा सीमित भएको छ । सोमबार ३४ लाख ४० हजार ९०० कित्ता सेयर किनबेच हुँदा १ अर्ब २६ करोड ६६ लाख १९ हजारको कारोबार भएको छ । आइतबार २ अर्ब नाघेको कारोबार रकम सोमबार घटेको हो ।

सोमबार कारोबार भएकामध्ये नेपाल दूरसञ्चार कम्पनीको ११ करोड २५ लाख ७७ हजारको सेयर किनबेच भएको छ । यस्तै अरुण कावेली पावरको ५ करोड ५५ हजारको कारोबार भएको छ ।

सोमबार कुल १८७ कम्पनीको सेयर कारोबार भएकोमा १११ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ७२ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै ४ कम्पनीको सेयर मूल्य स्थिर छ । जसमध्ये वीन नेपाल लघुवित्तको सेयर मूल्य सर्वाधिक ७.४८ प्रतिशतले वृद्धि हुँदा रिलायन्स फाइनान्सको सेयर मूल्य ६.६४ प्रतिशत र मैलुङ खोला जलविद्युत् कम्पनीको सेयर मूल्य ५.८४ प्रतिशतले बढेको छ ।

यता रुरु जलविद्युत् कम्पनीको सेयर मूल्य ५.७० प्रतिशतले गिरावट भएको छ । यस्तै एनएमबि हाइब्रिड फण्ड १ को इकाइ मूल्य ३.३७ प्रतिशतले घटेको छ ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested