English

तीजको मुखमा घट्यो सुनको मूल्य



नेपाली बजारमा सुनचाँदीको मूल्य तीव्र रूपमा ओरालो लागेको छ । हिन्दु महिलाहरूको पर्व तीजको दुई दिनअघिदेखि सुनको मूल्यमा कमी आइरहेको छ ।

आइतबार र सोमबार दुई दिनमा सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको छ ।

आइतबार प्रतितोला ९५ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ रहेको छ । सोमबार चाँदीको मूल्य पनि घटेको छ ।

आइतबार प्रतितोला एक हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले घटेर प्रतितोला एक हजार १४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

स्विट्जरल्यान्डमा भएको जेनेभा मोटर सोमा चिनियाँ बिवाइडी ब्रान्डका दुईवटा मोडलका गाडी टप थ्रीमा परेका छन् । ‘वल्र्ड कार अवार्ड २०२४’ का

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

हिमालय एअरलाइन्स्, नेपालको पहिलो र एक मात्र IOSA (IATA अपरेशनल सेफ्टी अडिट) मा दर्ता भएको वायुसेवा बनेर नेपालको उड्डयन क्षेत्रको