English

सेयर बजारमा दोहोरो अंकको गिरावट



सेयर बजार आज बिहीबार १८ अङ्कभन्दा धेरैले घटेको छ । सेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ३० अङ्कले घटेर दुई हजार ३९ दशमलव ५४ विन्दुमा झरेको छ ।

आज सबै समूहको सेयर घटेर बजार राताम्मे भएकोमा जलविद्युत्, विकास बैंक, उत्पादन र बीमा समूहको सेयर उच्च अङ्कले घटेको छ ।

नेप्से सूचक दोहोरो अङ्कले घटेको दिन दुई सय १९ वटा कम्पनीको ४२ लाख ३४ हजार कित्ता सेयर एक अर्ब ७१ करोड ७४ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको ११ करोड २४ लाख रुपैयाँ र रिडी हाइड्रोपावरको नौ करोड ४१ रुपैयाँको सेयर किनबेच भयो ।

आज मैलुङ खोला जलविद्युत् कम्पनीको सेयर झन्डै ६ प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि अपर हेवाखोला जलविद्युतको सेयर १० प्रतिशत र रुरु हाइड्रोको सेयर झन्डै नौ प्रतिशतले बढेको छ ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले