English

एक महिनामा साढे दुई अर्बभन्दा बढीको मोबाइल फोन भित्रियो



एक महिनामा नेपालमा साढे दुई अर्ब रुपैयाँभन्दा बढीको मोबाइल फोन (स्मार्टफोन) नेपाल भित्रिएको छ ।

चालु आर्थिक वर्ष २०७९–८० को पहिलो महिना साउनमा सो मूल्य बराबरको मोबाइल फोन नेपालमा भित्रिएको हो ।

भन्सार विभागका अनुसार गत साउन महिनामा कुल २ अर्ब ५७ करोड ४३ लाख ५७ हजार रुपैयाँको मोबाइल विभिन्न देशबाट नेपालले आयात गरेको छ ।

सो मूल्यमा नेपालमा १ लाख ७६ हजार २४९ वटा मोबाइल सेट नेपालमा भित्रिएको विभागले जनाएको छ ।

गत आर्थिक वर्ष २०७८–७९ को साउनमा नेपालले विभिन्न देशबाट ४ अर्ब ८२ करोड ६७ लाख ८३ हजार रुपैयाँमा ६ लाख ६७ हजार ५१८ वटा मोबाइल सेट आयात गरेको थियो ।

नेपालमा सबैभन्दा बढी मोबाइल फोन चीनबाट आउने गरेको छ । गत साउनमा मात्र चीनबाट १ अर्ब ९८ करोड २० लाख रुपैयाँको मोबाइल फोन नेपालमा भित्रिएको छ ।

चीनपछि भारतबाट नेपालमा ठूलो मूल्यका मोबाइल सेट आउने गरेको छ । गत साउनमा भारतबाट नेपालले ५० करोड २६ लाख १२ हजार रुपैयाँको मोबाइल सेट आयात गरेको छ ।

यो पनि…
एक वर्षमा नेपालीले प्रयोग गरे ३८ अर्बभन्दा बढीको मोबाइल फोन 
दश महिनामा ३७ अर्बको मोबाइल फोन आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested