English

नेपाली खानाको सङ्ग्रहालय बनाइँदै



नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) ले मुलुकका ७७ जिल्ला, ७५३ स्थानीय तह र सातै प्रदेशका सबै जातजाति र भाषाभाषीका स्थानीय नेपाली खानाका मौलिक परिकारको अनुसन्धान गर्ने कार्यक्रम प्रतिष्ठानले अघि सारेको छ ।

काठमाडौं उपत्यकाभित्र नेपाली खानाको फुड बैंक वा सङ्ग्रहालय बनाउने सोच बनाएको प्रतिष्ठानले कोदोको खिरसमेत चखाउने छ । निकट भविष्यमै इ–लाइब्रेरी पनि सञ्चालन गर्दैछ । साथै, खाना बनाउने तालिमको व्यावहारिक अभ्यासका क्रममा उत्पादित खानाका परिकार सहुलियत मूल्यमा बेच्ने तयारी गरिरहेको छ ।

हाल प्रतिष्ठानमा करिब एक हजार ६ सय विद्यार्थी शैक्षिक तथा तालिम कार्यक्रममा सहभागी भइरहेका छन् । पोखरामा पर्यटन तालिम केन्द्र, सिन्धुपाल्चोकको बलेफीमा ¥याफ्टिङ स्कूल र नुवाकोटको ककनीमा टुरिजम रिसर्च सेन्टर स्थापना गर्ने कार्यमा सहयोग गरिदिन प्रतिष्ठानले संसद् र सरकारसँग आग्रह गरेको छ ।

काठमाडौं उपत्यकाभित्र नेपाली खानाको फुड बैंक वा सङ्ग्रहालय बनाउने सोच बनाएको प्रतिष्ठानले कोदोको खिरसमेत चखाउने छ । साथै, खाना बनाउने तालिमको व्यावहारिक अभ्यासका क्रममा उत्पादित खानाका परिकार सहुलियत मूल्यमा बेच्ने तयारी गरिरहेको छ ।

प्रतिनिधिसभा अन्तर्राष्ट्रिय समितिका सदस्य सुरेन्द्र कार्कीले नेपाल बहुजाति, भाषा र धर्म रहेको विविधतायुक्त देश भएकाले हरेक जातीय आतिथ्य र स्वागत गर्ने परम्परागत संस्कृति र शैलीबारे पनि प्रतिष्ठानले अध्ययन र अनुसन्धान गर्न आवश्यक रहेको विचार राख्छन् ।

प्रतिष्ठानले अध्ययनका क्रममा विद्यार्थीलाई मुलुकभित्र उपलब्ध हुने ‘हाइजेनिक र हेल्दी फुड’ बारेमा पनि शिक्षा प्रदान गर्न आवश्यक रहेको सदस्य कार्कीको भनाइ छ ।

प्रतिष्ठान २०२९ चैत १३ गते स्थापना भई त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गरेको छ । हालसम्म शैक्षिक कार्यक्रमतर्फ दुई हजार तथा विभिन्न समयावधिका तालिममार्फत ५४ हजार जनशक्तिलाई स्वरोजगारमूलक शैक्षिक कार्यक्रम र तालिम प्रदान गरिसकेको छ । यसले झापाको विर्तामोड, महोत्तरीको बर्दिवास र बाँकेको नेपालगञ्जमा शाखा विस्तार गरेको छ ।

प्रतिष्ठानले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य मुलुक, बिमस्टेक र चीनका विद्यार्थीलाई लक्ष्य गरी अन्तर्राष्ट्रियस्तरको पढाइ सञ्चालन गर्ने सोच बनाएको छ । रासस



सम्बन्धित खबरहरु

बैंकिङ क्षेत्र एक समय देशको आर्थिक स्थायित्वको पर्याय मानिन्थ्यो । यो क्षेत्रले केवल वित्तीय कारोबार मात्र होइन समग्र आर्थिक गतिशीलतालाई

नेपाली चलचित्र ‘परान’ ले रिलिज भएको केही दिनमै दर्शकको मन जित्न सफल भएको छ । चौतर्फी प्रशंसा र सकारात्मक प्रतिक्रियासँगै

कार्तिक १८, काठमाडौं। थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेड(THAI) ले थ्री-क्लासको सुविधासहित एयरबस A330-300 विमान सञ्चालनमा ल्याएको छ। यस विमानले

भैरहवा, १५ कार्तिक : लुम्बिनी लायन्सले एन पि एलको संघारमा आफ्नो अफिसियल एन्थम् (गीत) ‘स्याबास!’ सार्वजनिक गरेको छ। बुद्ध दर्शन

Latest










Popular
Suggested