बढ्यो सुनचाँदीको मूल्य



सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार आठ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९७ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला पाँच सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार तीन सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार आठ सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला २५ रुपैयाँले बढेर एक हजार दुई सय ५० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासङ्घले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालका लागि बिवाइडी अटो इन्डस्ट्रीको आधिकारिक आयातकर्ता एवम् वितरक साइमेक्स इंकले बजारमा नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको छ । कम्पनीले

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंगको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दशैं तिहार भरीका लागी आकर्षक ग्राहक योजना

‘आर्थिक समस्याहरू क्रमशः कम हुँदै गएका छन् । अब मुलुक श्रीलंकाको बाटोमा जान्छ कि भन्नुपर्ने डराउनुपर्ने अवस्था छैन । आर्थिक

बिवाईडीले भक्तपुर सल्लाघारीमा नयाँ सुविधा सम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले वि माई अटोमोबाइल्सको नाममा नयाँ शोरुम उद्घाटन गरेको