English

नेपालले २७ देशमा पठाउँछ कुकुर र बिरालोको खाना



नेपालले एक वर्षमा करिव ३ अर्ब रुपैयाँको कुकुर र बिरालोको खाना विभिन्न देशमा पठाएको छ ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८–७८ मा नेपालले २७ देशमा उक्त रकम बराबरको कुकुर र बिरालोको खाना पठाएको हो ।

२०७८ साउनदेखि २०७९ असार मसान्तसम्म नेपालले ती देशमा २ अर्ब ९१ करोड १९ लाख ३९ हजार रुपैयाँको कुकुर र बिरालोको खाना पठाएको विभागले जनाएको छ ।

सो मुल्यमा १७ लाख ४४ हजार ४५१ केजी कुकुर र बिरालोको खाना नेपालले निर्यात गरेको छ ।

ब्राजिल, कम्बोडिया, क्यानडा, चीन, फ्रान्स, जर्मनी, ग्रिस, हङकङ, इन्डोनेसिया, जापान, दक्षिण कोरिया, मलेसिया, नेदरल्याण्ड्स, फिलिपिन्स, पोल्याण्ड, पोर्चुगल, कतार, सेन्ट हेलेना, सिंगापुर, स्लोभाकिया, दक्षिण अफ्रिका, स्पेन, स्वीट्जरल्याण्ड, ताइवान, थाइल्याण्ड, युनाइटेड अरब इमिरेट्स, बेलायत, अमेरिका र भियतनाममा नेपालले कुकुर र बिरालोका खाना पठाउँदै आएको छ ।

नेपालबाट सबैभन्दा ठूलो मात्रामा कुकुर र बिरालोका खाना अमेरिकाले आयात गर्दै आएको छ । विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष मात्र अमेरिकाले नेपालबाट २ अर्ब ४४ करोड ५० लाख ३७ हजार रुपैयाँको कुकुर र बिरालोको खाना आयात गरेको छ ।

गत आर्थिक वर्ष नेपालबाट क्यानडाले ३१ करोड ३५ लाख ५२ हजार रुपैयाँ, कम्बोडियाले १ करोड ४३ लाख ३९ हजार रुपैयाँ, हङकङले १ करोड १९ लाख १३ हजार रुपैयाँ, जापानले ३ करोड ५ लाख ६८ हजार रुपैयाँ, नेदरल्याण्ड्सले १ करोड ९३ लाख ५० हजार रुपैयाँ, सिंगापुरले १ करोड २९ लाख ८५ हजार रुपैयाँ र बेलायतले ३ करोड २८ लाख ५४ हजार रुपैयाँको कुकुर र बिरालोको खाना आयात गरेका छन् ।

अघिल्लो आर्थिक वर्ष २०७७–७८ मा १ अर्ब ९६ करोड ५० लाख ४६ हजार रुपैयाँको १२ लाख ६२ हजार ९९८ केजी कुकुर र बिरालोको खाना नेपालले निर्यात गरेको थियो ।

यो पनि…
नेपालको बिजुली भारत निर्यात
उत्पादन बढेपछि निर्यात हुन थाल्यो बिजुली



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested