English

सेयर बजारको ओरालो यात्रा



सेयर बजार ओरालो लाग्ने क्रम आज पनि जारी रहेका् छ। बिहीबार नेप्से परिसूचक १८.९६ प्रतिशतले घटेर २०३७.९२ विन्दुमा झरेको छ।

आज नेप्से दोहोरो अंकले ओरालो लागेसँगै कारोबार रकम पनि घटेको छ। २२३ कम्पनीको ६२ लाख ९८ हजार ६२८ कित्ता सेयर १ अर्ब ७६ करोड १० लाख २३ हजार ३९ रुपैयाँमा खरिदबिक्री भएको छ।

बुधबार परिसूचक ५.९१ अंकले घटेर २०५५.८८ विन्दुमा बन्द भएको थियो। सो दिन १ अर्ब ९३ बराबरको सेयर कारोबार भएको थियो।

सेन्सेटिभ इण्डेक्स ४.०९ अंकले घटेर ३९१.६६ विन्दुमा अडिएको छ। यसदिन दुई कम्पनीको सेयर मूल्य १० प्रतिशत हाराहारीमा बढ्यो।

हिमालयन हाइड्रो पावर र अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्य क्रमश ९.९९ र ९.९८ प्रतिशतले बढेको हो। युनिलिभर नेपालको सेयर मूल्य सर्वाधिक ८.२३ प्रतिशतले घट्यो।

यसदिन कारोबार रकमका आधारमा शिवम् सिमेन्टस शीर्षस्थानमा रह्यो। सो कम्पनीको ७ करोड २७ लाख बढीको सेयर कारोबार भयो।

कारोबारमा आएका १३ समूहमध्ये १२ को सूचक ओरालो लाग्यो भने १ को मात्रै बढ्यो। फाइनान्स र अदर्श समूहको सूचक २ प्रतिशत बढीले घट्यो।

१२ समूहको सूचक घटेको सेयर बजारमा म्युचुअल फन्ड समूहको सूचक भने ०.४६ प्रतिशतले बढ्यो।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested