English

सेयर बजारको ओरालो यात्रा



सेयर बजार ओरालो लाग्ने क्रम आज पनि जारी रहेका् छ। बिहीबार नेप्से परिसूचक १८.९६ प्रतिशतले घटेर २०३७.९२ विन्दुमा झरेको छ।

आज नेप्से दोहोरो अंकले ओरालो लागेसँगै कारोबार रकम पनि घटेको छ। २२३ कम्पनीको ६२ लाख ९८ हजार ६२८ कित्ता सेयर १ अर्ब ७६ करोड १० लाख २३ हजार ३९ रुपैयाँमा खरिदबिक्री भएको छ।

बुधबार परिसूचक ५.९१ अंकले घटेर २०५५.८८ विन्दुमा बन्द भएको थियो। सो दिन १ अर्ब ९३ बराबरको सेयर कारोबार भएको थियो।

सेन्सेटिभ इण्डेक्स ४.०९ अंकले घटेर ३९१.६६ विन्दुमा अडिएको छ। यसदिन दुई कम्पनीको सेयर मूल्य १० प्रतिशत हाराहारीमा बढ्यो।

हिमालयन हाइड्रो पावर र अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्य क्रमश ९.९९ र ९.९८ प्रतिशतले बढेको हो। युनिलिभर नेपालको सेयर मूल्य सर्वाधिक ८.२३ प्रतिशतले घट्यो।

यसदिन कारोबार रकमका आधारमा शिवम् सिमेन्टस शीर्षस्थानमा रह्यो। सो कम्पनीको ७ करोड २७ लाख बढीको सेयर कारोबार भयो।

कारोबारमा आएका १३ समूहमध्ये १२ को सूचक ओरालो लाग्यो भने १ को मात्रै बढ्यो। फाइनान्स र अदर्श समूहको सूचक २ प्रतिशत बढीले घट्यो।

१२ समूहको सूचक घटेको सेयर बजारमा म्युचुअल फन्ड समूहको सूचक भने ०.४६ प्रतिशतले बढ्यो।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

स्विट्जरल्यान्डमा भएको जेनेभा मोटर सोमा चिनियाँ बिवाइडी ब्रान्डका दुईवटा मोडलका गाडी टप थ्रीमा परेका छन् । ‘वल्र्ड कार अवार्ड २०२४’ का

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

हिमालय एअरलाइन्स्, नेपालको पहिलो र एक मात्र IOSA (IATA अपरेशनल सेफ्टी अडिट) मा दर्ता भएको वायुसेवा बनेर नेपालको उड्डयन क्षेत्रको

‘स्ट्रिक्स प्रोफेसनल’ले आफ्नो नयाँ कलेक्सन ‘मर्कुरिअल’ सार्वजनिक गरेको छ । यो प्रदर्शनी विशेष गरी सैलुन व्यवसायी र हेयर स्टाइलिस्ट लक्षित