English

नेपालमा एक वर्षमा २० करोडको बल भित्रिन्छ



नेपालमा एक वर्षमा करिव २० करोड रुपैयाँको विभिन्न प्रकारका बल भित्रिने गरेको पाइएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७८–७९ मा १९ करोड ९८ लाख ४५ हजार रुपैयाँको विभिन्न बलहरु नेपालले आयात गरेको छ ।

२०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा ती बलहरु नेपाल भित्रिएका हुन् ।

गत आर्थिक वर्ष ३५ लाख २९ हजार रुपैयाँको २८ हजार ८८० वटा गल्फ बल नेपालले आयात गरेको थियो ।

सोही समयमा ५५ लाख ८ हजार रुपैयाँको ८८ हजार ५३६ वटा लन टेनिस बल नेपाल भित्रिएको देखिन्छ ।

गत वर्ष मात्र नेपालमा ८ करोड ८ लाख ५६ हजार रुपैयाँमा ७ लाख २० हजार ९७६ वटा इनफ्लटेबल बल भित्रिएको विभागले जनाएको छ ।

यस्तै, उक्त अवधिमा बिभिन्न प्रकारका बल (गल्फ, टेवल टेनिस, लन टेनिस, इनफ्लटेबल) शिर्षकमा १० करोड ९९ लाख ५२ हजार रुपैयाँमा १५ लाख ५ हजार ३०७ वटा बल नेपालले आयात गरेको छ ।

यो पनि…
एक वर्षमा नेपालीले प्रयोग गरे ३८ अर्बभन्दा बढीको मोबाइल फोन 
एक वर्षमा नेपालीले खेले करोडौंको तास



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested