सेयर बजारमा उच्च अङ्कको गिरावट
आज बिहीबार सेयर बजारमा उच्च अङ्कको गिरावट आएकोछ । सेयर बजार परिसूचक नेप्से आज ३८ दशमलव ६१ अङ्कले घटेर २ हजार १ सय ४८ दशमलव १६ विन्दुमा झरेको छ ।
आज सबै समूहको सेयर घटेकोमा व्यापार, विकास बैंक, जलविद्युत्, उत्पादन र लघुवित्त समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ ।
दुई सय १५ वटा कम्पनीको ८५ लाख ६९ हजार कित्ता सेयर तीन अर्ब ७६ करोड ८० लाख रुपैयाँमा कारोबार भएको छन् । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको २५ करोड २२ लाख रुपैयाँको सेयर किनबेच भयो ।
युनाइटेड मर्दी हाइड्रोको शेयर साढे ९ प्रतिशतभन्दा धेरैले घटेको छ । यस्तै हिमाल दोलखा हाइड्रो, साल्ट ट्रेडिङ र विशाल बजार कम्पनीको सेयर ५ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि विन्ध्यवासिनी हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।
यो पनि…
अप्पर सोलु हाइड्रोको आईपीओ निष्काशन
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का
सेयर बजारमा आज पनि उच्च अङ्कको गिरावट - Mero LifeStyle Mero LifeStyle
[…] सेयर बजार आज शुक्रवार पनि उच्च अङ्कले घटेको छ । हिजो बिहीवार ३८ दशमलव ६१ अङ्कले घटेको सेयर बजार आज पनि ३४ दशमलव ८५ अङ्कले घटेको छ । आज नेप्से दुई हजार एक सय १३ दशमलव ३० बिन्दुमा झर्यो । […]