सुनको मूल्य बढ्दा चाँदी भने स्थिर



सुनको मूल्यमा निरन्तर उतारचढाव जारी रहेको छ । बुधबार घटेको सुनको मूल्य बिहीबार भने बढेको छ । साउन १९ गते, सुन तोलामा ८०० रुपैयाँले बढेको छ । आज चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला ९६ हजार १०० रुपैयाँ पुगेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला ९५ हजार ६०० रुपैयाँमा कारोबार हुँदैछ ।

हिजो सुन तोलामा ३०० रुपैयाँले घटेको थियो । बुधबार सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँमा झरेको थियो ।

बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार २१० रुपैयाँ कायम रहेको छ । बुधबार भने चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले ओरालो लागेको थियो ।

उता विश्व बजारमा पनि सुनको मूल्य वृद्धि भएको छ । अन्तरराष्ट्रिय मूल्य अनुसार यतिबेला सुन प्रतिअउन्स एक हजार ७७३ डलर आसपासमा कारोबार हुँदैछ । यो समाचार तयार पार्ने समयसम्म सुन ९ डलर भन्दा बढीले महंगिएको छ ।

चाँदीको मूल्य पनि अन्तररराष्ट्रिय बजारमा बढ्दा प्रतिअउन्स २० डलर बराबरमा खरिदबिक्री भइरहेको छ ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालका लागि बिवाइडी अटो इन्डस्ट्रीको आधिकारिक आयातकर्ता एवम् वितरक साइमेक्स इंकले बजारमा नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको छ । कम्पनीले

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंगको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दशैं तिहार भरीका लागी आकर्षक ग्राहक योजना

‘आर्थिक समस्याहरू क्रमशः कम हुँदै गएका छन् । अब मुलुक श्रीलंकाको बाटोमा जान्छ कि भन्नुपर्ने डराउनुपर्ने अवस्था छैन । आर्थिक

बिवाईडीले भक्तपुर सल्लाघारीमा नयाँ सुविधा सम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले वि माई अटोमोबाइल्सको नाममा नयाँ शोरुम उद्घाटन गरेको