English

सुनको मूल्य बढ्दा चाँदी भने स्थिर



सुनको मूल्यमा निरन्तर उतारचढाव जारी रहेको छ । बुधबार घटेको सुनको मूल्य बिहीबार भने बढेको छ । साउन १९ गते, सुन तोलामा ८०० रुपैयाँले बढेको छ । आज चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला ९६ हजार १०० रुपैयाँ पुगेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला ९५ हजार ६०० रुपैयाँमा कारोबार हुँदैछ ।

हिजो सुन तोलामा ३०० रुपैयाँले घटेको थियो । बुधबार सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँमा झरेको थियो ।

बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार २१० रुपैयाँ कायम रहेको छ । बुधबार भने चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले ओरालो लागेको थियो ।

उता विश्व बजारमा पनि सुनको मूल्य वृद्धि भएको छ । अन्तरराष्ट्रिय मूल्य अनुसार यतिबेला सुन प्रतिअउन्स एक हजार ७७३ डलर आसपासमा कारोबार हुँदैछ । यो समाचार तयार पार्ने समयसम्म सुन ९ डलर भन्दा बढीले महंगिएको छ ।

चाँदीको मूल्य पनि अन्तररराष्ट्रिय बजारमा बढ्दा प्रतिअउन्स २० डलर बराबरमा खरिदबिक्री भइरहेको छ ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested