English

सेयर बजारमा झिनो अंकको गिरावट



मंगलबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । सेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ८१ अङ्कले घटेर दुई हजार एक सय ९३ दशमलव ४३ विन्दुमा झरेको छ ।

आज बैंक, विकास बैंक, होटल, बीमा, अन्य र लगानी समूहको सेयर घटेको छ । व्यापार, जलविद्युत्, फाइनान्स, उत्पादन, लघुवित्त र म्युचल फन्ड समूहको सेयर भने सामान्य बढेको छ ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो सोमवार चार अर्ब ६७ करोड रुपैयाँको सेयर कारोबार भएकोमा आज दुई सय १७ वटा कम्पनीका ७८ लाख १३ हजार कित्ता सेयर तीन अर्ब २९ करोड ३२ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको २९ करोड ३२ लाख रुपैयाँको सेयर किनबेच भयो ।

आज राष्ट्र उत्थान लघुवित्तको सेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । विन्ध्यवासिनी हाइड्रो, साम्लिङ पावर र हिमाल दोलखा जलविद्युत् कम्पनीको सेयर भने १० प्रतिशतले बढेको छ ।

यो पनि…
अप्पर सोलु हाइड्रोको आईपीओ निष्काशन
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

स्विट्जरल्यान्डमा भएको जेनेभा मोटर सोमा चिनियाँ बिवाइडी ब्रान्डका दुईवटा मोडलका गाडी टप थ्रीमा परेका छन् । ‘वल्र्ड कार अवार्ड २०२४’ का

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

हिमालय एअरलाइन्स्, नेपालको पहिलो र एक मात्र IOSA (IATA अपरेशनल सेफ्टी अडिट) मा दर्ता भएको वायुसेवा बनेर नेपालको उड्डयन क्षेत्रको