English

सेयर बजारमा उत्साह



सेयर बजार परिसूचक नेप्सेमा उत्साह देखिएको छ । साताको पहिलो कारोबारको दिन आइतबार नै ५४ अंकले बढेको नेप्सेमा ४ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ५४.५८ अंकले बढ्दै २१ सय ९५.१० अंकमा उक्लिएको हो । यस्तै, क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ९.७२ अंकले बढ्दै ४१९.२० अंकमा उक्लिएको नेप्सेले जनाएको छ ।

१३ वटा उपसूचक मध्ये आज फाइन्स बाहेक सबै उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूहको उपसूचक आज ४.५१ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको उपसूचक १.६ प्रतिशतले घटेको छ ।

यस्तै इनभेष्टमेन्ट समूहको उसूचक ४.७६ प्रतिशतले, जीवन बीमा समूहको उपसूचक ४.१६ अंकले, ट्रेडिङ समूहको उपसूचक ३.६२ प्रतिशतले, अन्य समूहको उपसूचक ३.२६ प्रतिशतले, बैंकिङ समूह २.९२ प्रतिशतले, होटल तथा पर्यटन समूह २.७ प्रतिशलते बढेका छन् ।

उच्च अंकले बढेको बजारमा आज ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने दुई दर्जन भन्दा बढी कम्पनीको मूल्यमा ६ प्रतिशत माथिले वृद्धि भएको छ ।

यो पनि…
अप्पर सोलु हाइड्रोको आईपीओ निष्काशन
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,