English

एसईईको नतिजा सार्वजनिक



राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डले आज (बुधबार) एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको परीक्षा नियन्त्रक अर्जुन रायामाझीले जानकारी दिए ।

बोर्डले नौवटा ग्रेड निर्धारण गरी नतिजा सार्वजनिक गरेको छ । जसअनुसार सार्वजनिक नतिजाअनुसार ९ हजार ६ सय ३३ जना विद्यार्थीले उच्च (३.६ देखि ४) जीपिए प्राप्त गरेका छन् ।

त्यस्तै, ४१ हजार ६ सय २७ विद्यार्थीले ३.२ देखि ३.६ जीपीए, ६९ हजार ९ सय विद्यार्थीले २.८ देखि ३.२ जीपीए, ६९ हनार ९ सय विद्यार्थीले २.८ देखि ३.२ सम्म जीपीए, ९० हजार ५ सय ५८ विद्यार्थील २.४ देखि २.८ जीपीए प्राप्त गरेको बोर्डले जनाएको छ ।

त्यसैगरी, १ लाख १२ हजार ७ सय ३३ विद्यार्थीले २.० देखि २.४ जीपिए, १ लाख ५ सय ९४ जना विद्याथीले १.६ सम्म २.० जीपीए, ४४ हजार ५ सय ८६ विद्यार्थीले १.२ देखि १.६ जीपीए र ३ हजार २ सय ८० विद्यार्थीले ०.८ देखि १.२ सम्म जीपीए प्राप्त गरेको जनाइएको छ ।

बोर्डले २०७८ को एसईई परीक्षा वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । त्यो मध्ये ४ लाख ९५ हजार ७ सय ५१ जना परीक्षार्थी परीक्षामा सहभागि थिए ।

यसरी हेर्न सकिन्छ एसईईको नतिजा

एसईईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ । परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ ।

नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालिमा सर्टकोड हालेर नतिजा हेर्ने सकिनेछ । त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, स्प्यारो पे प्रालि, निमा एडुकेशन फाउण्डेशन, कान्तिपुर पब्लिकेशन, द कनेक्ट प्लस प्रालि, इडियु सञ्जाल र रिडर्स पोइन्ट प्रालिले पनि नतिजा सार्वजनिक गर्ने बताइएको छ । यसपटकको नतिजामा नन ग्रेडिङको व्यवस्था गरिएको छ । ग्रेडिङ प्रणालीले सिकाइको गुणस्तर खस्किँदै गएपछि मन्त्रालयले विद्यालय तहमा न्यूनतम अङ्क ल्याउनुपर्ने व्यवस्थामा जोड दिएको हो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

Latest










Popular
Suggested