English

बुधबार नेप्से सूचक २१०० माथि



बुधबार सेयर बजारमा हरियाली छाएको छ। आज नेप्से सूचक २३.८३ अंकले बढेर २१११.९९ विन्दुमा पुगेको छ भने ५ अर्ब १६ करोड १४ लाख ५५ हजार १४१ रुपैयाँ बराबरको ७५ लाख ८ हजार १८८ कित्ता सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमा व्यापार बाहेक १२ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ जसमा फाइनान्स उपसमूहको सबैभन्दा धेरै ४.१३ प्रतिशतले बढेको छ।

बुधबार जानकी फाइनान्स, युनाइटेड मोदि र राष्ट्र उत्थान लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने नेश्डो लघुवित्तको ९.९७ प्रतिशत र जाल्पा सामुदायीक लघुवित्तको ९.८४ प्रतिशतले बढेको छ।

आज उच्च दरमा सेयरमूल्य घट्नेमा धेरै म्युचुअल फण्ड रहेका छन्। भरखरै दोस्रो बजारमा कारोबार सुरु भएको कुमारी धनबृद्धि योजनाको इकाइमूल्य १० प्रतिशतले घटेको छ भने नविल ब्यालेन्स फण्ड ३ को पनि ३.२३ प्रतिशतले घटेको छ।

बुधबार पनि शिवम सिमेन्टको सबैभन्दा धेरै १७ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने अरुण कावेली हाइड्रोपावरको १२ करोड ३५ लाख, गोर्खाज फाइनान्सको ८ करोड ९२ लाख र नेश्डो लघुवित्तको ८ करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

यो पनि…
अप्पर सोलु हाइड्रोको आईपीओ निष्काशन
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested