English

सेयर बजारमा उछाल



चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिपछिको पहिलो कारोबारमा सेयर बजार उच्च अङ्कले बढेको छ । सेयर बजार परिसूचक नेप्से आज आइतवार ६१ दशमलव शून्य ५ अङ्कले बढेर दुई हजार ७८ दशमलव ५१ विन्दुमा पुगेको हो ।

आज सबै समूहको शेयर बढेर बजार हरियो भएको मध्ये फाइनान्स, बीमा, विकास बैंक र अन्य समूहको सेयर उच्च अङ्कले बढेको छ ।

आज बजारसँगै कारोबार सङ्ख्या र रकम पनि बढेको छ । दुई सय १९ वटा कम्पनीका ६४ लाख २३ हजार कित्ता सेयर दुई अर्ब ७३ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको ३९ करोड ७१ लाख तथा नेपाल पुनर्बीमा कम्पनी, हिमालयन डिस्टिलरी, एनआईसी एसिया र अरुण काबेली हाइड्रोको ६ करोड रुपैयाँभन्दा धेरैको सेयर किनबेच भयो ।

आज सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स र मल्टिपर्पोज फाइनान्सको शेयर १० प्रतिशतले बढेको छ ।

यो पनि…
अप्पर सोलु हाइड्रोको आईपीओ निष्काशन
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested