English

नागरिकतामा ७ वर्षे अवधिको प्रावधान किन हटाइयो ?



नेकपा एमालेका सांसद भीम रावलले प्रमुख राजनीतिक दल र संसदीय समितिमा भएको सहमतिविपरीत नागरिकता विधेयक ल्याएको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको जारी बैठकमा कविता पढ्दै नागरिकता विधेयक ल्याउँदा छल गरिएको पनि जनाउँदै अवधि नै नराखेर विधेयक ल्याएको भन्दै आपत्ति जनाएका हुन् ।

नेपाल नागरिकता (पहिलो संशोधन विधेयक २०७९) माथिको दफावार छलफलमा सहभागी हुँदै छल हो कि छलफल ? भन्ने कविता वाचन गर्दै रावलले नागरिकता विधेयकमा छलफल होइन, छल भएको तर्क गरेका छन् ।

विशाल ठुला देशको बीचमा रहेको र भू-राजनीतिक अवस्थाको ख्याल नै नगरी कुनै पनि अवधि नै नराखेर नेपाललाई जनसंख्याको राजनीतिको दृष्चक्रमा पारिँदै छ ।

‘संविधान निमार्णताका प्रमुख राजनीतिक दलहरू र राज्य व्यवस्था समितिमा भएको छलफलको सहमतिविपरीत विधेयक ल्याइएको छ,’ रावलले बैठकमा भने, ‘विशाल ठुला देशको बीचमा रहेको र भू-राजनीतिक अवस्थाको ख्याल नै नगरी कुनै पनि अवधि नै नराखेर नेपाललाई जनसंख्याको राजनीतिको दृष्चक्रमा पारिँदै छ ।’

यसअघि सो नागरिकता विधेयकमा ६ वटा संसोधन प्रस्ताव राखेका रावलले कविता वाचन गर्दै, ‘के रोग लाग्यो मेरो देशलाई उपचार छ कि केही रु’ भनि विधेयक समितिमा लैजान माग गरेका छन् ।

यो पनि…
नेपाली महिलाले बिहे गरेर ल्याउने विदेशी पुरुषलाई नागरिकता दिनुपर्छ : कृष्णप्रसाद दाहाल
विवाह गरेर आएलगत्तै विदेशी महिलालाई नागरिकता दिने व्यवस्था देश हितविपरीत छ : गंगा चौधरी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested