English

ब्रम्हाण्डको रंगीन तस्वीर सार्वजनिक



ब्रम्हाण्डको पहिलो रंगीन तस्वीर सार्वजनिक भएको छ । नासा र अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार नयाँ अन्तरिक्ष टेलिस्कोपबाट खिचिएको पहिलो रंगीन तस्वीर सार्वजनिक गरेका हुन् ।

नासाका वैज्ञानिकहरुले जेम्स वेब स्पेस टेलिस्कोपमार्फत उक्त तस्वीर खिचेका हुन् । जसलाई १४ वर्षको विकास र ६ महिनाको क्यालिब्रेशनपश्चात ब्रम्हाण्डको गहिराइ जाँच गर्ने उद्धेश्यले उक्त तस्बिर खिचिएको हो ।

सो तस्बिरमा ब्रम्हाण्डलाई प्रष्ट रुपमा देख्न सकिन्छ । ब्रम्हाण्डमा रहेको ग्रहहरुबाट निस्किएका प्रकाश पनि तस्वीरमा देख्न सकिन्छ ।

नासाले उक्त तस्वीर कैद गर्नका लागि लामो समय लागेको बताएको छ । यसअघि जेम्स वेबलाई २००७ मा सार्वजनिक गर्ने योजना थियो तर, त्यो सफल हुन सकेन । झण्डै १० अर्ब लगानी भएको यसलाई नासाले २०२१ मा सार्वजनिक गरेको थियो । जसको नाम नासाका पूर्व प्रसारक जेम्स वेबको नामबाट नामाकरण गरिएको हो ।

साथै, नासाले आगामी साता जेम्स वेब टेलिस्कोपले कैद गरेका तस्वीरहरु सार्वजनिक गर्ने जनाएको छ । यो टेलिस्कोप अन्तरीक्षको चारै दिशमा नजर राख्न सक्ने गरी बनाइएको छ । जसले पृथ्वीबाट एक लाख माइलभन्दा टाढाको तस्वीर केद गर्दछ ।

तस्बिर सार्वजनिक गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले ब्रह्माण्डको वास्तविक आकार बुझ्ने प्रयासमा सफलता प्राप्त गरेकोमा शुभकामना दिए । साथै, अमेरिकाले ठूलो काम गर्न सक्छ भन्ने प्रमाणित भएको समेत बताए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

Latest










Popular
Suggested