English

२१४७ अंकमा पुगेको नेप्से पुनः ओर्लियो



सोमबार सेयर बजारमा उतारचढाव देखिएको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से ९.७५ अंकले घटेर २०७६ अंकमा रोकिएको छ ।

नेप्से घटे पनि कारोबार रकमले छलाङ मारेको छ । आज कुल ४ अर्ब ३४ करोड रुपैयाँको कारोबार भयो । यो आइतबारको तुलनामा १ अर्ब ८६ करोडले बढी हो । आइतबार २ अर्ब ४८ करोडको कारोबार भएको थियो ।

कुल ७१ कम्पनीको मूल्य बढ्दा ११६ को घट्यो भने ६ को स्थिर रह्यो । बैंकिङ १, विकास बैंक ५२, फाइनान्स ६, होटल तथा पर्यटन ४६, जलविद्युत् १३, उत्पादन ४५, माइक्रोफाइनान्स ६० र अन्य उपसमूह २७ अंक घटे । ब्यापार १०४, निर्जीवन बीमा ४८ र जीवन बीमा ५५ अंक बढे । सीवाईसी लघुवित्त र ङादी ग्रुपको मूल्य १० प्रतिशत बढ्यो । सामलिङ पावरको मूल्य ७.७ र एसटीसीको मूल्य ६.८ प्रतिशत बढ्यो ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, एसियन लाइफ, अरुणकाबेली र माथिल्लो तामाकोसी क्रमशः अगाडि रहे ।

यो पनि…
अप्पर सोलु हाइड्रोको आईपीओ निष्काशन
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

काठमाडौँ : नेपालमा लोकप्रिय मोटरसाइकल ब्रान्ड बजाजले पल्सर १५० नयाँ संस्करणमा सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, उन्नत प्रविधि र

Latest










Popular
Suggested