English

सीडीडी र एनडीआरआईबीच सहकार्यसम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर



कुटनीति तथा आर्थिक विकास केन्द्र (सीडीडी) नेपाल विकास अनुसन्धान प्रतिष्ठान (एनडीआरआई)बीच सहकार्यसम्बन्धि सम्झौता भएको छ । बुधबार मानभवनस्थित प्रतिष्ठानको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सीडीडी र एनडीआरआईबीच सहकार्यसम्बन्धि सम्झौता भएको हो ।

सीडीडीका तर्फबाट संस्थापक अध्यक्ष तथा पूर्व राजदूत मोहनकृष्ण श्रेष्ठ र एनडीआरआईका तर्फबाट कार्यकारी निर्देशक डा. शंकर श्रेष्ठले संयुक्त रुपमा समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

कुटनीति र विकासका आयामहरुमा सहकार्य गर्दै समाज तथा देशलाई योगदान दिने उद्धेश्यले दुई संस्थाबीच सम्झौता गरिएको सीडीडीका अध्यक्ष श्रेष्ठले बताए । ‘सीडीडी र एनडीआरआईका उद्धेश्यहरु प्रायः समान छन्,’ उनले भने, ‘अब हामी सल्लाह गरेर काम गर्नेछौं ।’

कार्यक्रममा एनडीआरआईकी सदस्य सचिव डा. मञ्जेश्वरी सिंहले स्वागत गर्दैै सीडीडीसँगको आवद्धताले थप अनुसन्धानका क्षेत्रमा काम गर्न उर्जा बढेको बताइन् ।

एनडीआरआईका अध्यक्ष डा. नवराज खतिवडाले संस्थाको चिनारी दिँदै यसले गर्दै आएको गतिविधिबारे प्रकाश पारे । ‘हामी डिप्लोमेसीको क्षेत्रमा काम गर्ने संस्थाको खोजीमा थियौं,’ डा. खतिवडाले भने, ‘अब सीडीडीसँगको सहकार्यले पक्कै पनि नविनतम गतिविधि गर्न हामीलाई सहयोग गर्नेछ ।’

त्यस्तै, एनडीआरआईका पूर्व अध्यक्ष तथा संस्थापक सदस्य प्रा.डा. तारानिधि भट्टराईले सीडीडी र एनडीआरआईबीचको सम्झौताले आउँदा दिनमा थुप्रै उपलब्धिमूलक काम गर्न सकिने बताए ।

कार्यक्रममा सीडीडीका तर्फबाट मित्रबन्धु पौडेल, नेपाल सरकारका पूर्व सचिव शंकरप्रसाद पाण्डे र विभिन्न क्षेत्रका अनुसन्धानकर्ताहरुको उपस्थिति रहेको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,