English

सीडीडी र एनडीआरआईबीच सहकार्यसम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर



कुटनीति तथा आर्थिक विकास केन्द्र (सीडीडी) नेपाल विकास अनुसन्धान प्रतिष्ठान (एनडीआरआई)बीच सहकार्यसम्बन्धि सम्झौता भएको छ । बुधबार मानभवनस्थित प्रतिष्ठानको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सीडीडी र एनडीआरआईबीच सहकार्यसम्बन्धि सम्झौता भएको हो ।

सीडीडीका तर्फबाट संस्थापक अध्यक्ष तथा पूर्व राजदूत मोहनकृष्ण श्रेष्ठ र एनडीआरआईका तर्फबाट कार्यकारी निर्देशक डा. शंकर श्रेष्ठले संयुक्त रुपमा समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

कुटनीति र विकासका आयामहरुमा सहकार्य गर्दै समाज तथा देशलाई योगदान दिने उद्धेश्यले दुई संस्थाबीच सम्झौता गरिएको सीडीडीका अध्यक्ष श्रेष्ठले बताए । ‘सीडीडी र एनडीआरआईका उद्धेश्यहरु प्रायः समान छन्,’ उनले भने, ‘अब हामी सल्लाह गरेर काम गर्नेछौं ।’

कार्यक्रममा एनडीआरआईकी सदस्य सचिव डा. मञ्जेश्वरी सिंहले स्वागत गर्दैै सीडीडीसँगको आवद्धताले थप अनुसन्धानका क्षेत्रमा काम गर्न उर्जा बढेको बताइन् ।

एनडीआरआईका अध्यक्ष डा. नवराज खतिवडाले संस्थाको चिनारी दिँदै यसले गर्दै आएको गतिविधिबारे प्रकाश पारे । ‘हामी डिप्लोमेसीको क्षेत्रमा काम गर्ने संस्थाको खोजीमा थियौं,’ डा. खतिवडाले भने, ‘अब सीडीडीसँगको सहकार्यले पक्कै पनि नविनतम गतिविधि गर्न हामीलाई सहयोग गर्नेछ ।’

त्यस्तै, एनडीआरआईका पूर्व अध्यक्ष तथा संस्थापक सदस्य प्रा.डा. तारानिधि भट्टराईले सीडीडी र एनडीआरआईबीचको सम्झौताले आउँदा दिनमा थुप्रै उपलब्धिमूलक काम गर्न सकिने बताए ।

कार्यक्रममा सीडीडीका तर्फबाट मित्रबन्धु पौडेल, नेपाल सरकारका पूर्व सचिव शंकरप्रसाद पाण्डे र विभिन्न क्षेत्रका अनुसन्धानकर्ताहरुको उपस्थिति रहेको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested