अफगानिस्तानमा भूकम्प



अफगानिस्तानको भूकम्पमा कम्तीमा २५० जनाको मृत्यु भएको छ । भूकम्पमा १५० भन्दाबढी घाइते भएका छन् । सामाजिक सञ्जालमा सेयर गरिएका तस्बीरमा पाक्तिका प्रान्तका मानिसहरूलाई स्ट्रेचरमा बोकेका र भग्नावशेषबाट निकालिएका देख्न सकिन्छ । भूकम्पको केन्द्र दक्षिणपूर्वी सहर खोस्टबाट ४४ किलोमिटर टाढा रहेको जनाइएको छ ।

अफगानिस्तानको ५०० किलोमिटरभन्दा बढी क्षेत्र, पाकिस्तान र भारतसम्म भूकम्पको धक्का महसुस गरिएको युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रले जनाएको छ । भूकम्प अफगानिस्तानको राजधानी काबुल र पाकिस्तानको राजधानी इस्लामबादसम्म महसुश गरिएको केन्द्रले जनाएको छ ।

अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसका अनुसार उक्त भूकम्प ६ दशमलब १ म्याग्निच्युडको थियो । ‘दुर्भाग्यवश हिजो राति पाक्तिका प्रान्तका चार जिल्लामा ठूलो भूकम्प जाँदा सयौं जनाको ज्यान लिएको छ । भूकम्पमा दर्जनौं घरहरू ध्वस्त भएका छन्’, सरकारी प्रवक्ता बिलाल करीमीले ट्वीट गरेका छन् ।

यो पनि
फिलिपिन्समा बाढी : ५३ जनाको मृत्यु, गाउँ जलमग्न
युक्रेनले गर्‍यो आफ्ना नागरिकलाई यस्तो आग्रह



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

अन्ततः अमेरिकाको सर्वोच्च अदालतले गर्भपतनसम्बन्धी संवैधानिक अधिकार समाप्त गरिदिएको छ । सर्वोच्चले देशव्यापी रूपमा गर्भपतन वैध हुने ५० वर्षअघिको एउटा

बेलायती राजकुमार विलियमले लन्डनको सडकमा पत्रिका बिक्री गरेका छन् । राजकुमारले घरबारविहीनहरूलाई सहयोग गर्ने बेलायती पत्रिका बेचेका हुन् । ३९

गुगलका सह–संस्थापक सर्गेई ब्रिनले श्रीमतीसँग सम्बन्ध विच्छेद गरेका छन् । विश्वका शीर्ष १० धनी व्यक्तिको सूचीमा परेका अर्बपति ब्रिनले ‘मिलाउन

अष्ट्रेलियाका ऊर्जा मन्त्रीले न्यु साउथ वेल्सका घरपरिवारहरूलाई उनीहरूले प्रयोग गर्दै आएको बत्ती बन्द गर्न आग्रह गरेका छन् । देशमा उर्जा

Suggested