English

सेयर बजारमा आएन रौनकता



साताको अन्तिम कारोबार दिन सेयर बजार नेप्से परिसूचक ७.५७ अंक घटेर १९७१.३६ विन्दुमा झरेको छ। हरेक शुक्रबार दुई घण्टा कारोबार गर्ने निर्णय आजदेखि लागुभएको छ। नियमित ४ घण्टा कारोबार भइरहेको बजारमा आज पहिलो पटक दुई घण्टा शेयर कारोबार भएको हो।

आज सेन्सेटिभ इण्डेक्स ०.६९ अंक, फ्लोट इण्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३७ अंक घटेको छ। आज २२० स्टकको १५ हजार १६३ पटकको कारोबारमा ७३ करोड ६३ लाख १२ हजार रुपैयाँ बराबरको २३ लाख ५५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज आँधीखोला लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको सेयरमूल्य ९.९९ प्रतिशत अर्थात ५४ रुपैयाँ २० पैसा बढेर ५९६ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, आज सिवाईसी लघुवित्तको शेयरमूल्य यस दिन ४ प्रतिशत बढेको छ भने लुम्बिनी जनरल इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी बढेको छ।

त्यस्तै, आज रिभर फल्स पावरको सेयरमूल्य सर्वाधिक ५.९३ प्रतिशत घटेको छ। बुद्धभूमि नेपाल हाइड्रोपावर र सिंगटी हाइड्रोपावरको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा आज नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ। सो स्टकको १० करोड १४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। सेञ्चुरी कमर्सियल बैंकको करिब साढे ६ करोडको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक ओरालो लागेको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
बुधबार सेयर बजारमा उल्लेख्य सुधार



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested