English

थामिएन अमेरिकी डलरको भाउ



अमेरिकी डलरको भाउ लगातार उकालो लागिरहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार आइतबार एक अमेरिकी डलरको विनियम दर (बिक्रीदर) १२४. ८४ नेपाली रुपैयाँ पुगेको छ । खरिद दर भने १२४.२४ रहेको छ ।

शनिबार पनि यही भाउ रहेकोमा आज स्थिर छ । शुक्रबार एक अमेरिकी डलरको बिक्री दर १२४.७३ र बिहीबार १२४.६८ रहेको थियो ।

करिब तीन सातामा डलरको भाउमा सामान्य कमी भएकोमा पछिल्ला दिनमा लगातार बढिरहेको छ ।

रुस र युक्रेन युद्धको असरको कारण भारतीय मुद्रा कमजोर भइरहेको छ । भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेकाले पनि केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुँदै गएको छ ।

आज एक युरोको बिक्रीदर १३२.१२ रहेको छ भने यूके पाउन्ड स्टर्लिंग १५५.२६ रहेको छ ।

त्यस्तै, स्विस फ्रैंकको १२७.०५ अष्ट्रेलियन डलर ८८.९४, जापानी येन ९.३३, चिनियाँ युआन १८.६५, साउदी अरब रियाल ३३.१२ बिक्री दर रहेको छ ।

याे पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
थप कमजोर बन्यो नेपाली रुपैयाँ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested