पेट्रोलिय पदार्थको मूल्य बढ्यो



नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्य बढाएको छ। आज राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल प्रतिलिटर ८ रूपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १२ रूपैयाँ बढाएको हो ।

निगमले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै पेट्रोल १७८ रूपैयाँ, डिजेल र मट्टीतेल १६५ रूपैयाँ लिटर पर्नेछ ।

एलपी ग्यासको भने मूल्य यथावत रहेको आयोगले जनाएको छ ।

यसअघि जेठ १९ गते मात्र आयल निगमले यी तीनै पदार्थमा दस रूपैयाँ प्रतिलिटर भाउ घटाएको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेको र निगमको घाटा बढ्दै गएकाले मूल्य वृद्धि गर्नु परेको निगमले जनाएको छ ।

यो पनि…
पेट्रोलियम पदार्थप्रतिको निर्भरता घटाउँदै जानु नै उत्तम विकल्प
आयल निगमको कोष रित्तियो, दुई सातापछि नै पेट्रोल खरिदमा समस्या हुनसक्ने



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

दसैं नजिकिएसँगै काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई तीव्र पारेको छ । उपमेयर सुनिता डंगोल नेतृत्वको टोली हरेक दिन बजार अनुगमनमा निस्कने

सेयर बजार लगातार तेस्रो दिन आज बिहीवार पनि बढेको छ । सेयर बजार परिसूचक नेप्से आज १६ दशमलव २९ अङ्कले

बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार

चालु आर्थिक वर्ष २०७९–८० को पहिलो दुई महिनामा नेपालमा विभिन्न देशबाट ५११ केजी सुन भित्रिएको छ । उक्त सुन नेपाल

Suggested