English

नेप्सेमा ४५ अंकको गिरावट



सेयर बजार नेप्सेमा एकैदिन ४५.५९ अंकले गिरावट आएको छ । बिहान नेप्से परिसूचक २ हजार ६५ अंकबाट कारोबार सुरु भएकोमा परिसूचक दिनको अन्त्यमा २ हजार २० दशलमव २३ अङ्कमा पुगेर बन्द भएको छ ।

गिरावट आएको बजारमा सेन्सेटिभ इन्डेक्स ११.२४ अंकले घटेर ३ सय ८९ अङ्कमा पुगेको छ । नेप्सेमा साताको पहिलो दिन सोमबार १२.८९ अंकले गिरावट आएको थियो ।

नेप्सेमा ३८ लाख ८७ हजार ७ सय ४८ कित्ताको सेयर खरिदबिक्री हुँदा १ अर्ब ३१ करोड २८ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

सकारात्मक सर्किट लागेका कम्पनीमा बलेफी हाइड्रो पावर कम्पनीको सेयर १८ रुपैयाँ बढेर २ सय ३ रुपैया ९ पैसा पुगेको छ । यस्तै उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १ सय ९३ रुपैयाँ बढेर २१ सय २६ रुपैयाँ पुगेको छ ।

नेप्सेमा मंगलबार १ सय ८१ कम्पनीका लगानीकर्ता ठूलो रकम गुमाएका छन् भने १५ कम्पनीका सेयरधनीले केही नाफा कमाएका छन् ।

सेयर बजारमा २ कम्पनी बाफेली हाइड्रो पावर कम्पनी र उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सकारात्मक सर्किट लागेका कम्पनीमा बलेफी हाइड्रो पावर कम्पनीको सेयर १८ रुपैयाँ बढेर २ सय ३ रुपैया ९ पैसा पुगेको छ । यस्तै उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १ सय ९३ रुपैयाँ बढेर २१ सय २६ रुपैयाँ पुगेको छ ।

मंगलबार नेप्सेमा एकमात्र कंपनी हिमालय बैंकको सेयर मूल्यमा १० प्रतिसतको नकारात्मक सर्किट लागेको छ । सर्किट लागेको हिमालय बैंकको सेयर मूल्यमा ३८.५ रुपैयाँले घटेर ३ सय २३ रुपैयाँ पुगेको छ ।

याे पनि :
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,