English

‘पल शाहलाई रिहा गर’ भन्दै माइतीघरमा प्रदर्शन (फोटो फिचर)



बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा रहेका पल शाहको रिहाइको माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ । हाम्रो टीम नेपालको पहलमा माइतीघरमा विरोध प्रदर्शन गरिएको हो ।

माइतीघरमा जम्मा भएका प्रदर्शनकारीहरूले पल शाहलाई रिहाई गर, निर्दोषलाई फसाउन पाइदैन जस्ता नारा लगाएका थिए । प्रदर्शनकारीहरूले पललाई फसाउन खोज्ने गिरोह सक्रिय भएको भन्दै उनलाई तत्काल रिहाई गर्न माग गरे ।

बलात्कारको आरोप लगाउने किशोरीले नै आफुमाथि बलात्कार नभएको बकपत्र अदालतमा दिएकी थिइन् । तर, उच्च अदालतले उनलाई थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको छ । उक्त आदेशपछि उनका शुभचिन्तकहरू आक्रोशित भएका हुन् ।

गायिकासमेत रहेकी ति नाबालिग किशोरीले पलमाथि बलात्कार आरोप लगाउँदै नवलपुर र तनहुँ प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरीपछि छानविन गर्दै प्रहरीले अदालतमा पेस गरेको थियो । अदालतमा भएको थुनछेक बहसपछि हिरासतमा राख्दै थप अनुसन्धान गर्न जिल्ला अदालतले आदेश दिएको थियो ।

उक्त आदेशको विरुद्धमा पल उच्च अदालत पुगेका थिए । उनले हिरासत बाहिरै बसेर मुद्दा लड्न दिन माग गरेका थिए । तर, उच्च अदालतले थुनामुक्त गर्न अस्वीकार गर्दै मुद्दाको चाँडो किनारा लगाउन र त्यतिबेलासम्म हिरासतमै राख्न आदेश दिएको थियो ।

पलको रिहाई लागि भन्दै उनका समर्थकहरूले शनिवारदेखि सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । बलात्कारको आरोप लगाउने युवतीलाई अरूले प्रयोग गरेर उनलाई फसाउन खोजेको उनीहरूको आरोप छ ।

यो पनि…
यसकारण पललाई जेल चलान गरियो [फैसलाको पूर्णपाठ]

पल शाहलाई थुनामा पठाउन आदेश



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested