English

अभिनेता विपिन कार्कीका नजरमा पढ्नैपर्ने तीन पुस्तक



यदि तपाईं शनिवार फुर्सदिलो हुनुहुन्छ भने पुस्तक पढेर पनि समयको सदुपयोग गर्न सक्नुहुन्छ । कस्ता पुस्तक छान्दा राम्रो हुन्छ ? भन्ने द्विविधामा हुनुहुन्छ भने सेलेब्रेटीहरूको सिफारिस तपाईंलाई एउटा उपाय हुन सक्छ । यी तीन पुस्तक पढेर बिदाको सदुपयोग गर्न सक्नुहुन्छ ।

अभिनेता विपिन कार्कीका नजरमा लक्ष्मीप्रसाद देवकोटाको पागल, वीपी कोइरालाको नरेन्द्र दाई र सुम्निमा, शङ्कर लामिछानेको गौँथलीको गुँड, अमर न्यौपानेको सेतो धर्ती, बुद्धिसागरको कर्णाली ब्लूज जस्ता आख्यान कृति नेपाली साहित्य बुझ्न चाहनेले पढ्न छुटाउन हुँदैन । अझ छोटो सूची बनाउँदा उनका नजरमा सबै पाठकले पढ्नैपर्ने तीन पुस्तक यस्ता छन् ।

पल्पसा क्याफे

नारायण वाग्लेको पल्पसा क्याफे नेपाली साहित्यमा नयाँ आयाम बोकेको उपन्यास हो । यस पुस्तकमा तत्कालीन माओवादी जनयुद्ध, राजदरबार हत्याकाण्ड र त्यसले आमसर्वसाधारणमा पारेको असर र विद्यमान सामाजिक अवस्थिती जस्ता समसामयिक बिषय समावेश गरिएको छ । वाग्लेको लेखनशैलीले पनि मलाई यो कृति मनपर्छ ।

लङ्ग नाइट अफ स्टोर्म

नेपाली साहित्य र भाषाको श्रीबृद्धिमा अमूल्य योगदान दिएका इन्द्र बहादुर राईको नाम सम्मानजनक ढंगले लिइन्छ । उनको लङ्ग नाइट अफ स्टोर्म कथा सङ्ग्रह मेरो मनपर्ने अर्को पुस्तक हो । यसभित्रको ‘खिर’ कथा जति पढ्दा पनि भोक मर्दैन । पाठकले पनि उनको यो पुस्तक पढ्न छुटाउनै हुँदैन ।

घुम्ने मेचमाथि अन्धो मान्छे

कविता पारखीहरूले भूपी शेरचनको घुम्ने मेचमाथि अन्धो मान्छे सङ्ग्रह पढ्न छुटाउनु हुन्न भन्ने मलाई लाग्छ । साझा पुरस्कार प्राप्त यस पुस्तकले कविताको असली स्वाद चखाउँछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

विगत आठ वर्षदेखि सञ्चालन हुँदै आइरहेको यस सृजना सूत्रले विभिन्न क्षेत्रमा रोजगार सृजना गर्दै आइरहेको छ। पाँच हजार भन्दा पनि

Latest










Popular
Suggested