English

अभिनेता विपिन कार्कीका नजरमा पढ्नैपर्ने तीन पुस्तक



यदि तपाईं शनिवार फुर्सदिलो हुनुहुन्छ भने पुस्तक पढेर पनि समयको सदुपयोग गर्न सक्नुहुन्छ । कस्ता पुस्तक छान्दा राम्रो हुन्छ ? भन्ने द्विविधामा हुनुहुन्छ भने सेलेब्रेटीहरूको सिफारिस तपाईंलाई एउटा उपाय हुन सक्छ । यी तीन पुस्तक पढेर बिदाको सदुपयोग गर्न सक्नुहुन्छ ।

अभिनेता विपिन कार्कीका नजरमा लक्ष्मीप्रसाद देवकोटाको पागल, वीपी कोइरालाको नरेन्द्र दाई र सुम्निमा, शङ्कर लामिछानेको गौँथलीको गुँड, अमर न्यौपानेको सेतो धर्ती, बुद्धिसागरको कर्णाली ब्लूज जस्ता आख्यान कृति नेपाली साहित्य बुझ्न चाहनेले पढ्न छुटाउन हुँदैन । अझ छोटो सूची बनाउँदा उनका नजरमा सबै पाठकले पढ्नैपर्ने तीन पुस्तक यस्ता छन् ।

पल्पसा क्याफे

नारायण वाग्लेको पल्पसा क्याफे नेपाली साहित्यमा नयाँ आयाम बोकेको उपन्यास हो । यस पुस्तकमा तत्कालीन माओवादी जनयुद्ध, राजदरबार हत्याकाण्ड र त्यसले आमसर्वसाधारणमा पारेको असर र विद्यमान सामाजिक अवस्थिती जस्ता समसामयिक बिषय समावेश गरिएको छ । वाग्लेको लेखनशैलीले पनि मलाई यो कृति मनपर्छ ।

लङ्ग नाइट अफ स्टोर्म

नेपाली साहित्य र भाषाको श्रीबृद्धिमा अमूल्य योगदान दिएका इन्द्र बहादुर राईको नाम सम्मानजनक ढंगले लिइन्छ । उनको लङ्ग नाइट अफ स्टोर्म कथा सङ्ग्रह मेरो मनपर्ने अर्को पुस्तक हो । यसभित्रको ‘खिर’ कथा जति पढ्दा पनि भोक मर्दैन । पाठकले पनि उनको यो पुस्तक पढ्न छुटाउनै हुँदैन ।

घुम्ने मेचमाथि अन्धो मान्छे

कविता पारखीहरूले भूपी शेरचनको घुम्ने मेचमाथि अन्धो मान्छे सङ्ग्रह पढ्न छुटाउनु हुन्न भन्ने मलाई लाग्छ । साझा पुरस्कार प्राप्त यस पुस्तकले कविताको असली स्वाद चखाउँछ ।



सम्बन्धित खबरहरु

काठमाडौँमा आज सम्पन्न विशेष कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।५१ हजार राशी रहेको सो पुरस्कार वरिष्ठ गायक कमल बि.के.

कार्त्तिक २०, काठमाडौं। लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ। लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना

कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान समपनन भएको छ ।

कार्तिक १८, काठमाडौं। थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेड(THAI) ले थ्री-क्लासको सुविधासहित एयरबस A330-300 विमान सञ्चालनमा ल्याएको छ। यस विमानले

Latest










Popular
Suggested