बलात्कारविरुद्ध प्रधानमन्त्री निवास अगाडि प्रदर्शन (फोटो फिचर)



बलात्कार तथा यौन हिंसाविरुद्ध बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास अगाडि युवाहरुले प्रदर्शन गरेका छन् । सुन्दरी प्रतियोगिताका आयोजक सदस्यबाट किशोरी बलात्कारमा परेको घटना सार्वजनिक भएपछि शुक्रबार बिहान युवाहरुले प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत पीडित युवतीले सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको खुलासा गरेपछि दोषीलाई कारबाहीको माग गर्दै युवाहरु प्रदर्शनमा उत्रिएका हुन्।

प्रदर्शनकारीले ‘दोषीलाई कारबाही गर, बलात्कार र यौनजन्य हिंसाका मुद्दाहरूको निर्णय गर्ने फास्ट ट्रयाक अदालतको स्थापना गर, बलात्कार मुद्दामा उजुरी गर्नेलाई हदम्याद हटाऊ’लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

बलात्कार तथा यौन हिंसामा परेको मितिले एक वर्षभित्र उजुरी दिनुपर्ने हदम्याद हटाउनुपर्ने र पीडकलाई सजाय र पीडितलाई न्याय दिने कानुन बनाउनुपर्ने प्रदर्शनकारीको माग छ ।

यो पनि…
पीडित युवती भन्छिन्–बेहोस बनाएर बलात्कार गरे
काठमाडौंमा फोहोरको डंगुर (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

विश्व पर्यटन दिवस २०२३ को अवसरमा च्यासा मंका खंलले धिमे बाजाको धुनमा नेवारी लोकप्रिय गीत ‘सचिका चिना’ प्रस्तुत गरेर सहभागी

हरेक वर्ष सेप्टेम्बर २९ का दिन विश्व मुटु दिवस मनाउँदै आइएको छ । नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रमहरू आयोजना गरी

४४औँ विश्व पर्यटन दिवसको अवसरमा बुधवार राजधानीस्थित कीर्तिपुरमा ‘संरक्षणको लागि साँझपखको हिँडाइ’ सम्पन्न भएको छ । कार्यक्रममा संरक्षण विज्ञ अनिल

मंगलबार साँझ हिमालयन उद्धार संघको व्हाट्सएप ग्रुपमा बुधबार बिहान पाटनढोकामा हुने ४४ औँ विश्व पर्यटन दिवस ‘प्रभातफेरी’ मा सहभागी हुन