English

युगान्डासँग नेपालको लगातार तेस्रो हार



पहिलो पटक घरेलु मैदानमा टी–२० अन्तर्राष्ट्रिय शृंखला खेलेको नेपाली महिला क्रिकेट टिमले युगान्डासँग लगातार तेस्रो हार व्यहोरेको छ ।

बिहीबार भएको खेलमा नेपाल युगान्डासँग ६ विकेटले पराजित भयो । यस हारपछि युगान्डाले पाँच खेलको श्रृङ्खला दुई खेलअघि नै आफ्नो पक्षमा पारेको छ । यसअघि पहिलो खेलमा नेपाल युगान्डासँग १२ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल १ रनले पराजित भएको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ८ विकेट गुमाएर ९९ रन बनाएको थियो । १०० रनको लक्ष्य पाएको युगाण्डाका लागि ओपनर केभिन अविनोले सर्वाधिक ४२, जानेट एमबाबाजाईले २७ रन, रिता मुसामलीले ९ रन बनाइन् । केभिन र जानेटले गरेको ६६ रनको साझेदारी नै युगान्डाको जितको आधार बन्यो ।

नेपालका लागि कविता कुँवरले ३ ओभरमा २२ रन खर्चेर २ विकेट लिइन् भने कप्तान रुबिना क्षेत्री र इन्दु बर्माले समान एक-एक विकेट लिए ।

पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनर ज्योति पाण्डेले सर्वाधिक ४७ रन बनाइन् । ५४ बल खेलेकी उनले ५ चौका प्रहार गरिन् । कप्तान रुबिना क्षेत्रीले १५ बल खेल्दै २ चौका मद्दतमा अविजित १८ रन जोडिन् ।

अर्की ओपनर बिन्दु रावल ४ रनमा बोल्ड भइन् । तेस्रो क्रममा आएकी सीता राना मगरले १२ रन बनाइन् । युगान्डाको लागि फिनोमा कुलुमी, कोन्की ओन्के र सारा अकितेङले २-२ विकेट लिए ।

यो पनि
पहिलो टी–२० मा जिम्बावे ‘ए’ ले नेपाललाई हरायो
रियल मड्रिडलाई ला लिगाको उपाधि



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,