English

यी प्रदेशमा वर्षाको सम्भावना



आज मुलुकका केही क्षेत्रको वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका थोरै स्थान तथा लुम्बिनी र कर्णालीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

हाल नेपालमा स्थानीय वायु र भारतको बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखाको प्रभाव छ ।

राति प्रदेश १ र गण्डकीका केही स्थान तथा बागमती र लुम्बिनीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

मंगलबार देशका केही स्थानमा मेघ गर्जन र चटयाङहावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति प्रदेश १, मधेश र लुम्बिनीका केही स्थान तथा गण्डकी र कर्णालीका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो पनि…
मदिरा बजार व्यवस्थित गरे आत्मनिर्भर हुन गाह्रो छैन
राउटे : बढ्यो जनसंख्या, फेरिँदै लाइफस्टाइल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,