भोलि यी प्रदेशमा वर्षाको सम्भावना



भोलि मुलुकका विभिन्‍न क्षेत्रमा वर्षाको आँकलन गरिएको छ । स्थानीय वायु र पश्चिमी वायुसँगै ‘असानी’ नामक चक्रवातको असरका कारण वर्षाको आँकलन गरिएको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी र मध्य नेपाल केन्द्रित वर्षा हुनसक्छ। शुक्रबार स्थानीय तह निर्वाचनका लागि मतदान हुँदैछ ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा पनि हल्का वर्षाको सम्भावना छ ।

शुक्रबार प्रदेश १, बागमती र गण्डकीका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चटयाङसहित हल्का वर्षाको आँकलन गरिएको छ ।

राति प्रदेश १ का केही स्थान तथा बागमती र गण्डकीका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यो पनि…
मदिरा बजार व्यवस्थित गरे आत्मनिर्भर हुन गाह्रो छैन
राउटे : बढ्यो जनसंख्या, फेरिँदै लाइफस्टाइल



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

योमरी अर्थात् मन पर्ने रोटी । चामलको पीठोभित्र मास, चाकु, खुवा लगायतका वस्तु राखेर तयार पारिने हुने यो रोटी नेवारी

ग्राहकलाई उच्च सेवा प्रधान गर्ने उद्देश्यले गल्फ लुब्रिकेन्टले देशका तीन मुख्य सहरमा नयाँ शोरुमहरु सञ्चालनमा ल्याएको छ । नेपालमा ३८

काठमाण्डौंस्थित सोह्रखुट्टेमा बिहीबार ‘सबैभन्दा पहिले मानिस बाँच्नुपर्छ’ भन्ने उद्देश्यका साथ ४३ पाउन्ड रगत सङ्कलन गरिएको छ । डेंगु लगायतका विभिन्न

यस वर्षको ‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार दिपा दाहाललाई प्रदान गरिने भएको छ । विजयबाबु खत्रीको एघारौं स्मृति दिवसको अवसरमा

Suggested