English

सन्जु चौधरीको शव नेपालगञ्ज पठाउने



भारोत्तोलनतर्फ १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्जु चौधरीको शव गृहजिल्ला नेपालगञ्ज पठाइने भएको छ । सन्जुको शव गृहनगर पठाउने नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ (बोस)ले जानकारी दिए ।

त्यसअघि घरेलु भूमिमा भएको १३औं सागमा भारोत्तोलनतर्फ ऐतिहासिक स्वर्ण पदक जितेकी सन्जुको शव राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिषद्‌मा राखिने श्रेष्ठले बताए । ‘केही समय हामीले राखेपमा सानो कार्यक्रम राखेका छौं । लगत्तै शवलाई नेपालगञ्ज पठाउँछौं,’ श्रेष्ठले भने ।

अहिले सन्जुको शव पाटन अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।

यसअघि मंगलबार बिहान ललितपुरस्थित लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा सन्जु मृत अवस्थामा भेटिएकी थिइन् ।

अघिल्लो रात प्रशिक्षक महर्जनको घरमा पार्टी गरेर साथीहरूसँग रमाएकी सन्जु बिहान एक्कासि कोठामा झुण्डिएको अवस्थामा भेटिएकी श्रेष्ठले बताए ।

सन्जु सागमा भारोत्तोलनतर्फ स्वर्ण पदक जित्ने पहिलो खेलाडी हुन् । २३ वर्षीय सन्जु हाल चीनमा हुने १९औं एसियाली खेलकुदको तयारीमा थिइन् ।

यो पनि
पहिलो टी–२० मा जिम्बावे ‘ए’ ले नेपाललाई हरायो
रियल मड्रिडलाई ला लिगाको उपाधि



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested