पहाडी क्षेत्रमा मौसम बदली, यी स्थानमा वर्षाको सम्भावना



बिहान काठमाडौँ उपत्यकासहित मुलुकका पहाडी भूभागमा मौसम बदली रहेको छ । गएराति काठमाडौँका केही क्षेत्रमा वर्षा भएको थियो ।

स्थानीय वायु, भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भूभागसम्म बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुका कारण बदलीसँगै वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो पहाडी भूभागका केही र तराईका एक–दुई  स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई  स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बिहीबार पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएको छ । राति प्रदेश १ , मधेश, बागमतीका केही र बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुनसक्ने महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ ।

यो पनि…
बेमौसमी पहिरोले त्रसित बस्ती
मगमगिँदै आँप बगैँचा, किसान खुसी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनको सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले ‘होण्डा टेक्निसियन स्किल कन्टेस्ट २०२३’ सम्पन्न गरेको छ

‘सुन्दरताको भण्डार साराके खनाया यसै रारामारारा की अप्सरा ! –महेन्द्र शाह ।’ बिहान कालो, दिउँसो नीलो र साँझ सप्तरङ्गी रूप

धेरै पटक यस्तो हुन्छ कि पर्याप्त निन्द्रा नहुँदा पनि बिहान उठ्दा आँखा सुन्निने र थकित रहन्छ । यस्तो अवस्थामा तत्काल

होली प्रेम र रङ्गहरूको पर्व हो । फाल्गुन महिना लाग्ने बित्तिकै यसको प्रभाव गाउँ होस् वा सहरमा देखिन थालेको छ