घट्यो सुनको मूल्य
सुनचाँदी बजारमा साताको पहिलो दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो कारोबार दिन प्रतितोला ९९ हजार २ सय रुपैयामा कारोबार भएको पहेंलो धातु आज प्रतितोला २ सय रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार ७ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रुपैयाँले घटेर एक हजार ३ सय रुपैयाँमा आएको महासङ्घले जनाएको छ ।
यो पनि…
स्वदेशी उद्योग बन्द : बर्सेनि अर्बौंको टायर आयात
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
ह्वात्तै घट्यो सुनको मूल्य - Mero LifeStyle Mero LifeStyle
[…] सुनको मूल्य सोमबार तोलामा आठ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको ९८ हजार दुई सय कायम भएको छ । आइतबार सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । […]