English

मधेसको नयाँ वर्ष ‘जुरशीतल’



नव वर्षको आगमनसँगै परिवारसँग घुमफिर, साथीभाइसँग वनभोज र नयाँ कामको योजना एवम् थालनीमा यतिखेर सबैजना व्यस्त छन् । शुभकामनाको आदानप्रदानले गति लिइसकेको छ । तर, तराई–मधेसवासीले मनाउने तरिका भने फरक हुन्छ । उनीहरू साङ्गीतिक, सांस्कृतिक एवं परम्परागत शैलीमा नयाँ वर्षको सुरुवात गर्छन् ।

विराटनगर महानगरपालिका–१४ स्थित यादव बहुल जतुवा वस्तीकाले बिहानदेखि मठमन्दिरमा लोकभजन गाएर १ बैशाखको स्वागत गर्छन् । उनीहरूले शान्ति एवम् समृद्धिको कामना गर्छन् ।

यो अवसरमा तराई–मधेसका अधिकांश आदिवासी, जनजाति, दलित एवम् मधेसीले जुरशीतल पर्व मनाउँछन् । यो पर्वमा परिवारका ज्येष्ठ नागरिकले कुलदेउतालाई जल अर्पण गर्दै पूजा गर्छन् । यस पछि उनीहरूले सानालाई शिरमा पानी र तेल लगाइ दिएर आशीर्वाद दिन्छन् । जुरशीतलको अर्थ गर्मीमा शीतलता हो ।

संकोच मान्ने हुनाले नयाँपुस्ताका अधिकांशले जुरशीतल पर्व मनाउँदैनन्, बुढाबुढी भएको घरमा मात्र यो परम्परा कायम छ ।

लोकपरम्परा अनुरूप मन र मष्तिष्कको शान्तिका लागि यो दिन ठूलाले सानालाई टाउकोमा पानी छर्किदिने एवम् कपालमा तेल ठोक्ने चलन रहेको मोरङ, रंगेली–७ की ज्येष्ठ नागरिक शोभारानी हलुवाई बताउँछिन् ।

सानाले पनि ठूलाबडाको खुट्टामा पानी हालेर ढोग्छन् । अघिल्लो राती नै पित्तलको लोटामा चोखो पानी भरेर कुलदेउताको कोठामा राखिन्छ । अर्को दिन बिहान पूजा सकेर परिवारका ज्येष्ठ महिला–पुरुषले लोटाको पानीले सानाको शिरमा पानी हालिसकेपछि छिमेकीकोमा समेत पुग्छन् । बिहान उठ्न नमान्नेहरूलाई सुतेकै बेलासमेत बुढापाकाले टाउकोमा प्रेमपूर्वक पानी वा तेल थपथपाउँछन् ।

तराई–मधेसबासीले यतिबेला विरुवा, रुख र वन्यजन्तुलाई सन्तान सरह ठानेर आशीष दिन्छन् । ‘मनुष्यका लागि वनस्पति र अन्य प्राणीले निकै महत्व राख्छ, यसको संरक्षण हाम्रो जिम्मेबारी हो,’ शोभारानी भन्छिन् ।

नयाँ पुस्तामा बिस्तारै यो परम्परा हराउँदै गएको मोरङ, धनपालथान गाउँपालिकाका शंकर चौधरी बताउँछन् । ‘व्यस्तताले गर्दा नयाँ पुस्तासँग समय अभाव छ । काम, रोजगार र व्यापारको क्रममा धेरैजना घर बाहिरै बस्छन्,’ उनी भन्छन्, ‘संकोच मान्ने हुनाले नयाँपुस्ताका अधिकांशले जुरशीतल पर्व मनाउँदैनन्, बुढाबुढी भएको घरमा मात्र यो परम्परा कायम छ ।’

आँखालाई तरोताजा राख्ने सजीवनको तरकारी, खिर, दालपुरी, बरी, आलुपरवलको तरकारी, थरिथरिका पकौडा, कडीबडी र दहीबारा लगायतका विभिन्न स्वादिष्ट व्यञ्जन पकाइन्छ ।

विभिन्न कारणले सहर बस्नेहरू मीठो परिकारको स्वाद एवं घुमफिरको आनन्द लिन घर पर्कने गरेको चौधरी बताउँछन् । तराई मधेसका भिन्न जाति र समुदायले फरकफरक तरिकाले मनाउँछन् । कतिले होलीझैं यो दिन एक अर्कालाई रंग वा अबीर लगाएर रमाईलो गर्छन् ।

मधेसमा जुरशीतलसँगै सिरुवा पर्व मनाइने गरिएको मोरङ, जहदा गाउ“पालिकाका ज्येष्ठ नागरिक मोहन महतो बताउँछन् । उनका अनुसार सिरुवाको अर्थ शीर्ष अर्थात् वर्षको पहिलो पर्व हुन्छ । यसलाई स्थानीयले वैशाखी वा जुरशीतल पर्व पनि भन्छन् । यसको सम्बन्ध मौलिक परिकार एवम् मिठाससँग हुने गरेको उनी बताउँछन् ।

महतोका अनुसार घरघरै आँखालाई तरोताजा राख्ने सजीवनको तरकारी, खिर, दालपुरी, बरी, आलुपरवलको तरकारी, थरिथरिका पकौडा, कडीबडी र दहीबारा लगायतका विभिन्न स्वादिष्ट व्यञ्जन पकाइन्छ । आफन्त, छरछिमेक, मान्यजन र परिचितलाई समेत निम्तो दिन्छन् । ‘समूहमा खाँदा रमाईलो हुन्छ,’ महतो भन्छन् ।

थारूलगायतका केही समुदायले १ बैशाखदेखि तीन दिनसम्म सिरुवा पर्व मनाउँछन् । पहिलो दिन पानी छयापेर ‘पानी सिरुवा’, दोस्रो दिन माटोको हिलोले खेलेर ‘काद सिरुवा’ र अन्तिम दिन रङ खेल्दै ‘रङ सिरुवा’ मनाउँछन् । विभिन्न परम्परागत परिकार खाने र संस्कृति झल्काउने नृत्यसमेत गर्ने गरिएको विराटनगरका ललित चौधरी बताउँछन् । मधेसका बहुसंख्यक जाति र समुदायले पानी, हिलो तथा रङ नखेले पनि मिठा परिकार खाँदै सिरुवामा रमाउ“छन् ।

राती पकाइएको खाना बिहान खाइने हुनाले स्वास्थ्य विधिअनुरुप निकै जतनका साथ भान्छामा राखिन्छ, भाडाकुडामा सुरक्षित ढंगले सजाएर राखिएको बासी परिकारको विछट्टै स्वाद हुन्छ ।

नववर्षको सुरुवातसँगै धेरै दिनसम्म गाउँपिच्छे मेला लाग्छ । नौटंकी प्रदर्शन हुन्छ । ‘कोरोना कहरले गर्दा गत वर्षदेखि रौनक छैन,’ मोरङका सामाजिक अभियन्ता शंकर गामी भन्छन्, ‘यसपाली पनि परिस्तिथति जटिल बनेको छ, स्वास्थ्य सावधानी अपनाएर खानपिन गर्नुपर्छ ।’

मधेसमा वैशाखको आगमनभन्दा केही दिन अगावैदेखि घरको सरसफाइ गरिन्छ । कतिपय मधेसवासीले नयाँ वर्षको पहिलो दिनलाई बसिया वा बासी पर्वको रूपमा समेत मनाउँछन् । परम्पराअनुरुप चैतको अन्तिम दिन कम्तीमा एक परिकार पकाएर राखी बैशाखको पहिलो दिन खाइने हुनाले यस्तो भनिएको हो । यसको उद्देश्य मिठासका साथ पुरानो वर्षको विदाई र नयाँ वर्षको स्वागत गरौं भन्ने नै हो ।

परिस्थिति सामान्य रहेको बेला बैशाखको पहिलो साताभर मधेसमा ठाउँठाउँमा लाग्ने मेलाहरूमा सबै समुदायको बाक्लो उपस्थिति हुन्छ । सीमावर्ती नेपाली गाउँहरूमा लाग्ने मेलामा छिमेकी विहारका नागरिक समेत आउँछन् ।

‘राती पकाइएको खाना बिहान खाइने हुनाले स्वास्थ्य विधिअनुरुप निकै जतनका साथ भान्छामा राखिन्छ,’ विराटनगरका व्यवसायी उपेन्द्र यादव भन्छन्,‘भाडाकुडामा सुरक्षित ढंगले सजाएर राखिएको बासी परिकारको विछट्टै स्वाद हुन्छ ।’

स्थानीयका अनुसार वर्षको पहिलो दिन उमङ्का साथ बितेमा आउँदो समय पनि सुखमय हुन्छ भन्ने विश्वास छ । ‘वैशाख भनेको नयाँ वर्षको बिहानी हो, बिहानको सुरुवात राम्ररी भएमा पुरा दिन राम्रै बित्छ भन्ने मान्यता नै छ,’ यादव भन्छन् ।

परिस्थिति सामान्य रहेको बेला बैशाखको पहिलो साताभर मधेसमा ठाउँठाउँमा लाग्ने मेलाहरूमा सबै समुदायको बाक्लो उपस्थिति हुन्छ । सीमावर्ती नेपाली गाउँहरूमा लाग्ने मेलामा छिमेकी विहारका नागरिक समेत आउँछन् । गामी भन्छन्, ‘कोरोना कहरको दोस्रो लहरले गर्दा स्थानीय निकाय एवम् प्रशासनले मेला लाग्न दिने सम्भावना कम छ, परम्परालाई कायम राख्दै जोखिम नमोली नव वर्ष मनाउनु नै उत्तम होला ।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष भुवन केसीले नेपाली फिल्मको विकासमा सरकारको योगदान शून्य रहेको बताएका छन् । चलचित्रकर्मीहरुले आफ्नो घरखेत

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। एक जना बाँचेका छन्। मृत्यु

भजनी, कैलालीमा छन्, गुलेली बाजे । उमेरले ८८ वर्ष । कुनै बेला यस्तो पनि थियो जतिबेला उनी गुलेली लिएर शिकारमा

प्रख्यात धाविका मीरा राईले संचालन गरेको मिरा राई इनिसिएटिभलाई बेलायतमा बस्ने राजेन्द्र गुरुङले ७ लाख ३५ हजार ७ सय ७०

Latest










Popular
Suggested