English

एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी



स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को संक्रमण बढ्न थालेपछि काठमाडौंलगायत देशका ठूला शहरी क्षेत्रका विद्यालय एक महिना बन्द गर्ने तयारीमा सरकार रहेको बताएका छन् ।

स्वास्थ्य पत्रकार मञ्च, नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री त्रिपाठीले नयाँ खालको भाइरस बढ्दै गएपछि एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्नेबारे मन्त्रिपरिषद् बैठक र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा समेत छलफल गरिएको जानकारी दिए ।

‘शहरी क्षेत्रमा कम्तीमा एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने कि भन्ने तयारी छ,’ उनले भने, ‘अनलाइनबाट कक्षा सञ्चालन गर्दा सात–आठ लाख विद्यार्थी घरमै रहेर पढ्ने र त्यसले २० प्रतिशत आवतजावतमा कमि आउने देखिएको छ ।’

मन्त्री त्रिपाठीले भने, ‘अनलाइनबाट कक्षा सञ्चालन गर्दा सात–आठ लाख विद्यार्थी घरमै रहेर पढ्ने र त्यसले २० प्रतिशत आवतजावतमा कमि आउने देखिएको छ ।’

मन्त्री त्रिपाठीले अहिलेको नयाँ भाइरस (भेरियन्ट) युवा र बालबालिकामा पनि देखिएकाले डर लाग्दो रहेको बताए । ‘१८ वर्षभन्दा मुनिका बालबालिकाका लागि खोप विकास भएको छैन,’ उनले भने, ‘अहिले देखिने भाइरस बालबालिकामा पनि सर्ने भएको र उनीहरूलाई खोपसमेत लगाउन नमिल्ने भएकाले सङ्क्रमण दर फैलिन सक्ने सम्भावनालाई ध्यानमा राखेर अनलाइन कक्षा सञ्चालन गर्नुपरेको हो ।’

छ लाख पुग्ने प्रक्षेपण

मन्त्री त्रिपाठीले अहिलेको अवस्थामा सङ्क्रमण बढ्दै गए असारको अन्तिमसम्म छ लाख सङ्क्रमित पुग्ने प्रक्षेपण गरिएको जानकारी दिए । उनले सङ्क्रमण बढ्न नदिन सीमा नाकाबाट आउनेको परीक्षण गर्ने र सङ्क्रमण देखिएपछि आइसोलेशन सेन्टरमा राखिने बताए । उनले नेपाल–भारतको मुख्य सीमा नाकामा एक हजार जना अट्ने खालको होल्डिङ सेन्टर राख्ने निर्माण गर्ने कार्य भइरहेको जानकारी दिए । उनले मूलुकलाई बन्दाबन्दीको अवस्थासम्म पुग्न नदिने बताए ।

मन्त्री त्रिपाठीले सङ्क्रमणको दर बढ्दै गएकाले काठमाडौं उपत्यकामा रहेका अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिइएको जानकारी दिँदै पहिलेको भाइरसले एक जनाबाट ६ जनामा सङ्क्रमण सारे पनि अहिलेको नयाँ भाइरसले एक जनाबाट ४० जनामा सङ्क्रमण सार्न सक्ने बताए । अर्थतन्त्रभन्दा जनताको जीवन ठूलो भएकाले सरकारले जनताको जीवनलाई महत्वपूर्ण मानेर रोकथाम र नियन्त्रण सरकारबाट गरिने जनाए ।

भारतमा सङ्क्रमण बढेकाले खोप आउन ढिलाइ

मन्त्री त्रिपाठीले भारतमा सङ्क्रमण ह्वात्तै बढेकाले कोभिड–१९ को खोप आउन ढिलाइ भएको जानकारी पनि दिए । ‘खोप उत्पादक कम्पनीको स्थानीय एजेन्टले बिना लगानी १० प्रतिशत कमिशन मागेपछि २५ दिन ढिला भयो,’ उनले भने, ‘तर सम्झौता हुने बेला भारतमा सङ्क्रमण बढेपछि त्यहाँका सरकारले आयात रोकिएका कारण नेपालमा खोप आउन सकेन ।’ उनले चाँडै नै १० लाख मात्रा खोप ल्याउने जानकारी पनि दिए । रासस



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली