English

राखेप बोर्ड बैठक आज, अन्तरिम आदेश लिएर आएका आठ सदस्यलाई बाेलाइएन




राजनीतिक खिचातानी तथा नियुक्ति र बर्खास्ती प्रकरणका कारण तीन वर्षदेखि हुन नसकेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठक आज हुँदैछ ।

सदस्यसचिव टंकलाल घिसिङको प्रस्तावमा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले आजको लागि बोर्ड बैठक बोलाएका थिए ।

युवा तथा खेलकुद मन्त्रालयमा हुने बैठक बिहान ११ बजेबाट बस्ने बताइएको छ । अन्तिम पटक राखेपको बोर्ड बैठक २०७६ सालको शुरुवातमा बसेको थियो ।

अदालतबाट अल्पकालीन अन्तरिम आदेश लिएर आएका आठ सदस्यलाई नबोलाइएको बैठकमा मुख्य दुई एजेन्डा रहनेछन् ।

सदस्यसचिव घिसिङले नवौं राष्ट्रिय खेलकुद र चिनमा हुने १९औं एसियन गेम्सलाई मुख्य एजेन्डा बनाएका छन् ।

मन्त्री परिषद्को बैठकले यसअघि, नै नवौ राष्ट्रिय खेलकुद जेठ २२ देखि २८ सम्म गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरेको छ ।

यो एन्फाको आधिकारिक फेसबुक पेज ह्याक
नेपालले जितेपछि प्रशिक्षक अल्मुताइरीले के भने ?




Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

Latest










Popular
Suggested