English

छाङरु झरेका प्रहरी फर्केनन्, टिंकर नाका सुरक्षाविहीन



चीनसँग सीमा जोडिएको टिंकर नाका अहिले सुरक्षाकर्मीविहीन बनेको छ । हिउँदमा भारी हिमपात हुने यो नाका र आसपासमा कार्तिक पहिलो सातादेखि सुरक्षाकर्मी छैनन् ।

हिउँ पर्न थालेपछि यहाँका प्रहरी १२ किलोमिटर तल छाङरु झरेका थिए । तर, उनीहरू हालसम्म उक्त क्षेत्रमा नखटिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

टिंकरका बासिन्दाहरू पनि हिउँद छल्न गत असोजमै दार्चुला सदरमुकाम खलंगा झरेका थिए । उनीहरू पनि फर्किएका छैनन् । यो क्षेत्र अहिले मानवविहीन छ । चैत महिनाबाट यस क्षेत्रमा हिउँ पग्लिने गर्छ ।

टिंकरमा सशस्त्र प्रहरीको बिओपी राख्न गाउँबाट दुई किलोमिटर माथिल्लो क्षेत्रमा भवनको निर्माण गरिएको छ । गत भदौ महिनामा निर्माण सम्पन्न भएको भवनमा सशस्त्र प्रहरी बस्न भने सकेको छैन । बिओपीको दुइ भवन ब्लकसँगै भान्सा र शौचालय निर्माण गरिएको छ ।

टिंकर सीमा प्रहरी चौकीनजिकै बनाइएको बिओपीको भवन टिंकर भन्सारको छियालेक क्षेत्रको जमिनमा छ । यहाँबाट चार पाँच घण्टा उकालो पैदल यात्रा गरेपछि नेपाल र चीन सीमाना छुट्याउने टिंकर भञ्ज्याङको १ नम्बर पिलरमा पुगिन्छ ।

टिंकरमा निर्माण भएको बिओपीमा सुरक्षाकर्मी राख्न माथिबाट कुनै निर्देशन प्राप्त नभएको सशस्त्र प्रहरी बल नेपाल ४४ नम्बर गण दार्चुलाका गणपति एसपी त्रिभुवन विष्टले बताए । ‘ यद्यपि, निर्वाचनका बेला टिंकर क्षेत्रमा सशस्त्र प्रहरीको मोबाइल गस्ती टोली खटिन्छ, स्थायी रुपमा बस्नका निर्देशन आएपछि बस्छौँ’ एसपी विष्टले भने ।

व्यास गाउँपालिका–१ को टिंकरसहित दार्चुलाका चार ठाउँमा सशस्त्र प्रहरीको बिओपी स्थापना तयारी भइरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । मौसम प्रतिकुलताले हालसम्म तिंकरमा बिओपी बस्न नसकेको र स्थानीय तह निर्वाचनपछि स्थापनाको हुने उनले बताए । ‘कोरोना प्रभावले चीनसँगको सीमा नाकामा आवत जावत बन्द रहेकाले हाल टिंकर क्षेत्रमा सुरक्षाकर्मी बस्नु आवश्यक देखिएन, छाङरुमा सशस्त्र प्रहरीको गुल्म छ, निर्वाचनको समयमा सुरक्षा जनशक्ति विभिन्न ठाउँमा खटिने भएकाले त्यसपछि बिओपी बस्छ,’ प्रजिअ उपाध्यायले भने ।

व्यास गाउँपालिकाको वडा नम्बर १ कौवा, वडा नम्बर ४ सुन्सेरा र लेकम गाउँपालिकाको रतौडामा पनि बिओपी सञ्चालन तयारी भइरहेको उपाध्यायले बताए । व्यास गाउँपालिकाको सुन्सेरामा नेपाल भारत जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न भइसकेकोले त्यसको सुरक्षाका लागि सुन्सेरामा छिट्टै बिओपी सञ्चालन तयारी भइरहेको उनले बताए । सुन्सेरामा बिओपीको भवन निर्माणका लागि जग्गा प्राप्ति प्रक्रिया भइरहेको छ ।

यो पनि
सैनिक कल्याणकारी कोषको सम्पत्ति ६४ अर्ब
नयाँ आईजीपीमा कसले मार्लान् बाजी ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली