English

मुटुलाई स्वस्थ राख्न यौन सम्पर्कको महत्त्व



यौन सम्पर्क खासगरी विवाहित दम्पतीको दिनचर्याकै एउटा हिस्सा हो । नव–दम्पतीबीच रातमा धेरै पटक यौन सम्पर्क स्थापित हुन्छ । तर, जब उमेर ढल्किँदै जान्छ वा वैवाहिक जीवन लम्बिँदै जान्छ, यौन सम्पर्कको दर पनि क्रमश: घट्दै जान्छ ।

थुप्रै दम्पतीबीच यौन सक्रियतामा असन्तुलन हुने गर्छ । कतिले आफ्नो पार्टनर यौनमा उदासिन भएको बताइरहेका हुन्छन् । त्यसैगरी, कतिले आफ्ना पार्टनर यौनमा बढी नै सक्रिय हुने गुनासो गर्छन् ।

अक्सर दम्पतीको यौन सम्बन्धमा तालमेल मिलिरहेको हुँदैन । यही, कारणले उनीहरूको सम्बन्धमा खटपट आउँछ । मनमुटाव हुने गर्छ । कतिपय अवस्थामा त डिभोर्स पनि हुने गर्छ ।

जब पार्टनरबाट यौन सन्तुष्टि मिल्दै उनीहरूले अर्कैतिर त्यसको विकल्प खोज्न थाल्छन् । पति वा पत्नी दुवैको हकमा यस्तो हुन सक्छ ।त्यसैले, यौन सम्बन्धमा दुवै पति–पत्नी सक्रिय हुनुपर्छ ।

तर, यौनमा अधिक रुचि हुनु पनि राम्रो मानिँदैन । साथै, यौनमा उदासिन भएको पनि राम्रो मानिँदैन ।

दम्पतीको सम्बन्ध सुमधुर राख्नका लागि यौन जीवनमा सन्तुष्ट चाहिन्छ । यौन जीवन सुखमय भयो भने उनीहरू एकअर्कामा थप नजिक हुनपुग्ने विभिन्न अध्ययनहरूमा पाइएको छ ।

यसको शारीरिक फाइदा पनि छ । भनिन्छ, यौन सम्पर्कको क्रममा शरीरको रक्तप्रवाह राम्ररी हुन पाउँछ । यसले मुटुलाई स्वस्थ्य राख्नदेखि छालामा चमक ल्याउनसम्म सहयोग गर्छ ।

अमेरिकन जर्नल अफ कार्डियोलोजीमा प्रकाशित एक अध्ययनअनुसार जो पुरुष हप्तामा दुई पटकभन्दा बढी यौन सम्पर्क गर्छन्, उनीहरूमा हृदयाघातको खतरा ४५ प्रतिशत कम हुन्छ । अध्ययनमा के पनि उल्लेख छ भने, स्वस्थ्य यौन जीवनले शरीरमा कार्टिसोल नामको हर्मोन कम उत्पन्न हुन्छ, जसले चिन्ता र उच्च रक्तचापको समस्या पनि हुँदैन ।

यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

स्विट्जरल्यान्डमा भएको जेनेभा मोटर सोमा चिनियाँ बिवाइडी ब्रान्डका दुईवटा मोडलका गाडी टप थ्रीमा परेका छन् । ‘वल्र्ड कार अवार्ड २०२४’ का

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।