English

बाँकेमा ११ घर जले, पीडितलाई राहतका लागि पहल



बाँकेको राप्ती सोनारी गाउँपालिका–२ टिकुलीपुर गाउँमा भएको आगलागीमा ११ घर जलेर नष्ट भएका छन् । स्थानीय बासिन्दा सीताराम जैसीको घरबाट हिजो एक्कासि आगलागी शुरु भएको थियो ।

आगलागीबाट स्थानीय सीताराम जैसी, निमबहादुर विक, केशव खत्री, देवबहादुर खत्री, गीता कुसारी, दत्तबहादुर खत्री, नैनसिंह खत्री, हरिप्रसाद जैसी, भीमबहादुर खत्री, नरबहादुर ओली र कणबहादुर खत्रीको घर जलेको छ ।

गाउँपालिकामा दमकल नहुँदा तत्काल आगो निभाउन समस्या भएको र आगो अरु घरमा पनि सल्किएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए ।

नेपालगञ्जबाट गएको दमकल, सुरक्षाकर्मी र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाइएको छ । आगलागीबाट झन्डै एक करोड रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी नायब उपरीक्षक मल्लले बताए ।

बिजुली सट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएकाे छ। आगलागी पीडितलाई तत्काल राहतका लागि त्रिपाल र खाद्यान्नको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए ।

यो पनि
नरैनापुरमा आगलागी, १५ घरगोठ जलेर नष्ट
चाउचाउ उद्योगमा भीषण आगलागी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested