English

२०७८ : विपत्तिबाट कति क्षति ?



विपद्का विभिन्न घटनाले गतवर्ष २०७८ मा नेपालमा ठूलो जनधनको क्षति गरेको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार गत वर्ष विपद्का घटनाबाट देशभर ५०७ जनाले ज्यान गुमाएका छन् ।

२०७८ वैशाख १ गतदेखि चैत ३० गतेसम्मको अवधिमा देशभर भएका ३ हजार ९०८ वटा विपद्का घटनामा परी उनीहरुले ज्यान गुमाएका हुन् ।

पहिरो, बाढी, भारी वर्षा, चट्याङ, सर्पको टोकाइ, आगलागी, हावाहुरी, जनावरको आक्रमण, महामारी (कोरोना बाहेक), हिउँहुरी, हिउँ पहिरो, लेक लागेर, डुंगा दुर्घटना जस्ता विपद्का घटनामा परी उनीहरुको ज्यान गएको हो ।

गतवर्ष विपद्का घटनामा परी ७७ जना बेपत्ता र १ हजार ७८१ जना घाइते भएको केन्द्रले जनाएको छ । विपद्का घटनाबाट गतवर्ष ६ हजार १४४ परिवार प्रभावित भएका थिए ।

केन्द्रका अनुसार २०७८ सालमा विपद्का घटनाले देशभर २ अर्ब ६१ करोड २८ लाख ६७ हजार ५७४ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ ।

अघिल्लो वर्ष २०७७ मा विपद्का घटतनामा परी देशभर ५९४ जनाको मृत्यु, १०२ जना बेपत्ता र १ हजार १७२ जना घाइते भएका थिए । उक्त वर्ष विपद्का घटनाले २ अर्ब २ करोड ५४ लाख ४८ हजार ६६ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको थियो ।

गत २०७८ सालमा सबैभन्दा ठूलो मानविय क्षति पहिरोका कारण भएको छ । पहिरोमा परी गत वर्ष १८२ जनाको मृत्यु भएको थियो ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७८ सालमा आगलागीमा परी ९४, चट्याङ लागेर ५६, बाढीमा परी ६३, जनावरको आक्रमणमा परी ४८, भारी वर्षाका कारण २२, सर्पको टोकाइबाट २१, हावाहुरीबाट ३, महामारीबाट ४, हिउँ हुरीबाट ४, लेक लागेर ३, हिउँ पहिरोबाट २, डुंगा दुर्घटनामा परी ३ जनाको मृत्यु भएको थियो ।

गतवर्ष विपद्का घटनामध्ये सबैभन्दा ठूलो आर्थिक क्षति आगलागीबाट भएको देखिन्छ । आगलागीले २०७८ सालमा २ अर्ब २६ करोड ८७ लाख ६५ हजार १२४ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार गतवर्ष भारी वर्षाले १२ करोड ९० लाख ४४ हजार १२० रुपैयाँ, बाढीले ११ करोड ५३ लाख ९१ हजार ५ सय रुपैयाँ र पहिरोले ३ करोड ४६ लाख रुपैयाँको आर्थिक क्षति गरेको थियो ।

यो पनि…
विपद्ले निम्त्याएको दुःख
विपद् अवस्थाबाट उठ्न चाहन्छ मेलम्ची बजार



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested