English

२०७६/७७ मा दोस्रो विवाह गर्ने ६ सेलिब्रेटी



बुधबार अभिनेत्री रन्जना शर्माले अमेरिकामा निकेश सिलवालसँग दोस्रो विवाह गरिन् । निर्देशक श्याम भट्टराईसँग डिभोर्स भएको लामो समयपछि अभिनेत्री शर्माले निकेश सिलवालसँग दोस्रो विवाह गरेकी हुन् ।

त्यसो त दोस्रो विवाह गर्ने रन्जना पहिलो सेलिब्रेटी होइनन् । थुप्रै नेपाली सेलिब्रेटीहरूले दोस्रो विवाह गरेका छन् । तर आज हामी दुई वर्ष यता दोस्रो विवाह गर्ने ६ सेलिब्रेटीहरूको बारेमा चर्चा गर्नेछौंः

रन्जना शर्मा/निकेश सिलवाल

अभिनेत्री रन्जना शर्माले यही चैत्र २५ गते प्रेमी निकेश सिलवालसँग अमेरिकामा दोस्रो विवाह गरेकी छिन् । उनले निर्देशक श्याम भट्टराईसँग पहिलो विवाह गरेकी थिइन् । निर्देशक भट्टराईसँगको सम्बन्ध विच्छेदपछि उनी लामो समय एक्लै बस्दै आएकी थिइन् । लामो समयदेखि अमेरिका बस्दै आएका रन्जना र निकेश केही समयदेखि प्रेम सम्बन्धमा थिए ।

रन्जनाले सेतो गाऊनमा सजिएर क्रिश्चियन परम्पराअनुसार प्रेमी निकेशसँग कानुनी विवाह गरेकी हुन् । उनले विवाहको तस्विर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन् ।

श्वेता खड्का/विजेन्द्रसिंह रावत

फिल्म ‘कहाँ भेटिएला’बाट आफ्नो अभिनय यात्रा सुरु गरेकी अभिनेत्री श्वेता खड्काले २०७१ असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । विवाह भएको महिना दिनमै रक्त क्यान्सरका कारण श्रीकृष्णको निधन भएको थियो ।

त्यसको ६ वर्षपछि प्रेमी विजेन्द्रसिंह रावतसँग उनले दोस्रो विवाह गरेकी हुन् । उनले यसै वर्ष मंसिर २२ गते धनगढीका विजेन्द्रसँग दोस्रो विवाह गरेकी हुन् ।

अन्जु पन्त/थिर कोइराला

लोकप्रिय गायिका अन्जु पन्तले पनि यसै वर्ष दोस्रो विवाह गरेकी छिन् । उनको पहिलो विवाह गायक तथा सङ्गीतकार मनोजराज शिवाकोटीसँग भएको थियो । सम्बन्ध विच्छेदको १० वर्षपछि अन्जुले दोस्रो विवाह गरेकी हुन् ।

उनले क्रिश्चियन परम्पराअनुसार प्रेमी थिर कोइरालासँग फागुन १३ गते विवाह गरेकी थिइन् । थिरसंग लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी अन्जु आफ्नी छोरीको अनुरोधमा विवाह गरेको मिडियामार्फत् जानकारी गराएकी थिइन् ।

प्रियंका कार्की/आयुष्मान देशराज जोशी

अभिनेत्री प्रियंका कार्कीले २०७६ फागुन १६ गते अभिनेता आयुष्मान देशराज जोशीसँग विवाह गरेकी थिइन् । उनले आयुष्मानसँग दोस्रो विवाह गरेकी हुन् ।

यसअघि प्रियंका कार्कीको विवाह रोचक मैनालीसँग भएको थियो । उनीहरूको सम्बन्ध धेरै लामो समय टिक्न नसकेपछि उनीहरूले सम्बन्ध विछेद गरे । सम्बन्ध विच्छेद भएको लामो समयपछि उनले आयुष्मानसँग दोस्रो विवाह गरिन् । अहिले यी दुई आमा बुबा बन्ने तयारीमा छन् ।

कृति भट्टराई/रोहित पौडेल

लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्र्रय अभिनेत्री कृति भट्टराईले २०७६ असार १२ मा रोहित पौडेलसँग दोस्रो विवाह गरेकी हुन् ।

कृति भट्टराईको पहिलो विवाह सञ्चारकर्मी तथा निर्देशक रवि श्रेष्ठसँग भएको थियो । डिभोर्स भएपछि उनले लामो समय एक्लै बिताइन् । लामो समयसम्म प्रेममा रहेका रोहित र कृतिले प्रेम विवाह गरेका थिए । कृति केही दिन अघि मात्र नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यमा विजयी पनि भएकी छिन् ।

रवि लामिछाने/निकिता पौडेल

सञ्चारकर्मी रवि लामिछानेले निकिता पौडेलसँग २०७६ जेठ २ गते दोस्रो विवाह गरेका हुन् । लामो समय पे्रममा रहेर उनीहरूले दोस्रो विवाह गरेका हुन् । रवि लामिछानेको पहिलो विवाह ईशा लामिछानेसँग भएको थियो । सिधा कुरा जनतासँग कार्यक्रममार्फत् धेरै चर्चा बटुलेका सञ्चारकर्मी रवि लामिछाने र निकिता पौडेल दुवैको यो दोस्रो विवाह हो ।



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested