English

सम्बन्ध कस्तो बनाउने ?



सम्बन्ध एक प्रकारको आदानप्रदान हो । यसलाई राम्रोसँग चलाउन विशेष कुशलता चाहिन्छ । अन्यथा, यो कुरूप बन्न सक्छ । तपाईंले ख्याल गर्नुभएको होला कि कुनैदिन एक व्यक्तिसँगको क्षण कति रमाइलो हुन सक्छ, अनि अर्को दिन त्यही व्यक्तिसँगको क्षण कति नरमाइलो हुन सक्दछ ।

दुर्भाग्यवश, अधिकांश मानिसहरू सम्बन्ध एक प्रकारको आदानप्रदान हो भन्ने कुरा स्वीकार गर्न चाहँदैनन् । सम्बन्धले राम्रोसँग काम गर्नको लागि केही आधारभूत नियम र सर्तहरू हुने गर्छन् ।

तपाईं यी नियम र सर्तहरूको दायरामा रहनुभयो भनेमात्र, तपाईंले सफलतापूर्वक सम्बन्ध निर्वाह गर्नुहुनेछ । तर यदि तपाईंले “हाम्रो प्रेम सर्त रहित छ” भन्ने काल्पनिक विचार बोक्नुभएको छ भने, जुनसुकै क्षण त्यो तहसनहस हुन सक्छ ।

म सम्बन्धहरूलाईं तुच्छ देखाउने कोशिस गरिरहेको छैन, तर यसका सीमाहरू मनन गर्नुमा केही गलत छैन । यसका सीमाहरू छन्, तर त्यसको अर्थ यसमा सुन्दरता छैन भन्ने होइन ।

फूल निकै सुन्दर हुन्छ, तर यदि मैले त्यसलाई कुल्चेँ भने, यो दुई दिनमा मल बन्छ । म एक पलमै फूल नष्ट गर्न सक्छु, तर के त्यसले फूलको सुन्दरता र महत्व कम हुन्छ ? हुँदैन । त्यसैगरी, तपाईंको प्रेम नाजुक छ । यसको बारेमा अनेक थरीका काल्पनिक कुराहरू नपत्याउनुहोस् । साथसाथै, म त्योसँग जोडिएको सुन्दरतालाई अस्वीकार गरिरहेको छैन ।

यदि तपाईंले जीवनको त्यति कमजोर आयामलाई आफ्नो जीवनको आधार बनाउनुभयो भने, स्वाभाविक रूपमा तपाईं जतिबेला पनि चिन्ताले ग्रस्त बन्नुहुनेछ, किनकि तपाईं नाजुक फूलमाथि बसिरहनु भएको छ ।

मानौँ, फूल असाध्यै सुन्दर भएकोले तपाईंले जमिनमा आफ्नो घर बनाउनुको सट्टा फूलमाथि घर बनाउनुभयो भने, तपाईं सधैँ डरमा बाँच्नुहुनेछ । यदि तपाईंले जमिनमा आफ्नो जग बसाल्नुभयो अनि त्यसपछि फूललाई हेर्नुभयो, सुघ्नुभयो र स्पर्श गर्नुभयो भने, यो अद्‌भुत हुनेछ ।

यदि तपाईंले फूलमा आफ्नो घर बनाउनुभयो भने, तपाईं निरन्तर डरमा रहनुहुनेछ । मैले यस प्रसङ्गमा मात्र भनिरहेको हुँ । प्रेम जे हो, त्यसलाई हामी अस्वीकार गर्न खोजिरहेका छैनौँ ।

यो पनि…
कसैलाई नभन्नुहोस् यस्ता गोप्य कुरा

लक्ष्य प्राप्त गर्न तपस्या जरुरी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested