English

घोडाबारे १५ रमाइला तथ्य



प्रकृतिको सुन्दर सृष्टि हो, घोडा । मानव सभ्यताको सुरुवाती चरणदेखि नै घोडा मानिसको साथी रहँदै आएको छ । मानिसको सवारीको लागि, भारी बोक्न, रेसिङ र प्रजनन जस्ता कार्यका लागि पनि घोडाको प्रयोग हुँदै आएको छ ।

भाले घोडालाई स्टेलियन र पोथी घोडालाई मेर भनिन्छ । त्यस्तै भाले बच्चालाई क्लट र पोथी बच्चालाई फिलिस भनिन्छ । संसारमा करिब ४ सय भन्दा बढी घोडाका प्रजातिहरू छन् । घोडाबारे १५ रोचक तथ्यहरू यस प्रकार छन् ।

१. घोडा भूईंमा लम्पसार परेर र उभिएर, दुवै तरिकाबाट निदाउन सक्छ ।
२. घोडा जन्मेको केही बेरमै दौडिन सक्छ ।
३. घोडाको शरीरमा २ सय ५ हड्डी हुन्छन् ।
४. स्तनधारी जीवहरूमध्ये सबैभन्दा ठूलो आँखा घोडाको हुन्छ ।
५. आँखा ठूलो भएकै कारण घोडाले ३६० डिग्रीसम्म हेर्ने क्षमता राख्छ ।
६. घोडा करिब ४३ किलोमिटर प्रति घण्टाको रफ्तारमा दौडिन सक्छ ।
७. अहिलेसम्मको रेकर्डअनसार घोडाले ८८ किलोमिटर प्रति घण्टाको रफ्तारमा दौडेको पाइएको छ ।
८. जब घोडाहरू हाँसेको जस्तो मुख बनाउँछन्, तब उनीहरू सुुुङ्घ्ने तरीका अपनाई रहेका हुन्छन्, यसलाई फ्लेमेन भनिन्छ ।
९. घोडाको खुर मानिसको कपाल र नङ बन्ने प्रोटिनले नै बनेको हुन्छ ।
१०. घोडाले आफ्नो अभिव्यक्तिका लागि कान, आँखा र नाकको प्वालको प्रयोग गर्छ । घोडा अनुहारको भावले पनि कुराकानी गर्छ ।
११. घोडामा रातको समयमा मानिसको भन्दा राम्रो दृष्टि क्षमता हुन्छ । यद्यपी उज्यालोबाट अँध्यारोमा र अँध्यारोबाट उज्यालोमा जाँदा मानिसको भन्दा घोडाको आँखालाई एड्जस्ट हुन समय लाग्छ ।
१२. गुलाबी छाला भएको घोडालाई सनबर्न अर्थात् घामले छिटै छाला डढाउँछ ।
१३. घोडालाई जाडो भएको छ कि छैन भनेर थाहा पाउन कानको पछिल्लो भागमा छामेर थाहा पाउन सकिन्छ । यदि सो स्थान चिसो छ भने, घोडालाई जाडो भएको बुझ्न सकिन्छ ।
१४. घोडा सामाजिक प्राणी हो । एक्लै राख्दा घोडा एक्लो र निराश महसुस गर्छ भने साथी मर्दा शोकमा समेत डुब्छ ।
१५. घोडाले आफ्नो कान १८० डिग्री घुमाउन सक्ने क्षमता राख्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या