English

घोडाबारे १५ रमाइला तथ्य



प्रकृतिको सुन्दर सृष्टि हो, घोडा । मानव सभ्यताको सुरुवाती चरणदेखि नै घोडा मानिसको साथी रहँदै आएको छ । मानिसको सवारीको लागि, भारी बोक्न, रेसिङ र प्रजनन जस्ता कार्यका लागि पनि घोडाको प्रयोग हुँदै आएको छ ।

भाले घोडालाई स्टेलियन र पोथी घोडालाई मेर भनिन्छ । त्यस्तै भाले बच्चालाई क्लट र पोथी बच्चालाई फिलिस भनिन्छ । संसारमा करिब ४ सय भन्दा बढी घोडाका प्रजातिहरू छन् । घोडाबारे १५ रोचक तथ्यहरू यस प्रकार छन् ।

१. घोडा भूईंमा लम्पसार परेर र उभिएर, दुवै तरिकाबाट निदाउन सक्छ ।
२. घोडा जन्मेको केही बेरमै दौडिन सक्छ ।
३. घोडाको शरीरमा २ सय ५ हड्डी हुन्छन् ।
४. स्तनधारी जीवहरूमध्ये सबैभन्दा ठूलो आँखा घोडाको हुन्छ ।
५. आँखा ठूलो भएकै कारण घोडाले ३६० डिग्रीसम्म हेर्ने क्षमता राख्छ ।
६. घोडा करिब ४३ किलोमिटर प्रति घण्टाको रफ्तारमा दौडिन सक्छ ।
७. अहिलेसम्मको रेकर्डअनसार घोडाले ८८ किलोमिटर प्रति घण्टाको रफ्तारमा दौडेको पाइएको छ ।
८. जब घोडाहरू हाँसेको जस्तो मुख बनाउँछन्, तब उनीहरू सुुुङ्घ्ने तरीका अपनाई रहेका हुन्छन्, यसलाई फ्लेमेन भनिन्छ ।
९. घोडाको खुर मानिसको कपाल र नङ बन्ने प्रोटिनले नै बनेको हुन्छ ।
१०. घोडाले आफ्नो अभिव्यक्तिका लागि कान, आँखा र नाकको प्वालको प्रयोग गर्छ । घोडा अनुहारको भावले पनि कुराकानी गर्छ ।
११. घोडामा रातको समयमा मानिसको भन्दा राम्रो दृष्टि क्षमता हुन्छ । यद्यपी उज्यालोबाट अँध्यारोमा र अँध्यारोबाट उज्यालोमा जाँदा मानिसको भन्दा घोडाको आँखालाई एड्जस्ट हुन समय लाग्छ ।
१२. गुलाबी छाला भएको घोडालाई सनबर्न अर्थात् घामले छिटै छाला डढाउँछ ।
१३. घोडालाई जाडो भएको छ कि छैन भनेर थाहा पाउन कानको पछिल्लो भागमा छामेर थाहा पाउन सकिन्छ । यदि सो स्थान चिसो छ भने, घोडालाई जाडो भएको बुझ्न सकिन्छ ।
१४. घोडा सामाजिक प्राणी हो । एक्लै राख्दा घोडा एक्लो र निराश महसुस गर्छ भने साथी मर्दा शोकमा समेत डुब्छ ।
१५. घोडाले आफ्नो कान १८० डिग्री घुमाउन सक्ने क्षमता राख्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested