English

गोसाइँकुण्डमा पर्यटकको लर्को



वसन्तऋतुको आगमनसँगै हिमाली प्राकृतिक छटाको अवलोकनका लागि रसुवामा पर्यटक आउन थालेका छन् । लाङ्टाङ, गोसाइँकुण्ड एवम् तामाङ सम्पदा मार्गबाट नजिकै देखिने हिमाल, प्राकृतिक छटा, लालीगुराँसका फुल, परम्परागत वेशभूषा तथा पदमार्गकै छेउमा पाइने चराचुरूङ्गी अवलोकनको उपयुक्त समय भएकाले पर्यटकको आगमन बढ्न थालेको हो ।

पदयात्राको लागि दैनिकजसो सरदरमा २०/२५ जना आन्तरिक पर्यटकको आगमन भइरहेको र आगन्तुकमा प्रायजसो युवा देखिएका छन् । चिसोले पुस तथा माघ महिनामा जमेको पवित्र तीर्थ गोसाइँकुण्ड दहको पानी यथास्थानमा परिणत भइ स्नान गर्न सहज वातावरण भइसकेकाले गोसाइँकुण्डतर्फ बढी मात्रामा पर्यटक केन्द्रित हुन थालेका छन् ।

भगवान शङ्कर विराजमान रहनुभएको र कुण्ड माथिका अग्ला हिमालले थप मनमोहक बनाउने भएका कारण नेपाली मात्र होइन, विदेशी पर्यटकको भ्रमण गोसाइँकुण्डतर्फ हुन थालेको छ । विदेशी पर्यटकको हिमाली पदयात्राको पहिलो रोजाइ गोसाइँकुण्ड रहेको पथप्रर्दशक राजु गुरूङले जनाए ।

चिसोले पुस तथा माघ महिनामा जमेको पवित्र तीर्थ गोसाइँकुण्ड दहको पानी यथास्थानमा परिणत भइ स्नान गर्न सहज वातावरण भइसकेकाले गोसाइँकुण्डतर्फ बढी मात्रामा पर्यटक केन्द्रित हुन थालेका छन् ।

एक वर्षपछि पहिलो पटक गोसाइँकुण्ड आएका रुसी पर्यटकको समूह धुञ्चेमा भेटिएपछि तस्विर खिच्नेको लर्काे लागेको थियो । गत हप्ता ती पर्यटक गोसाइँकुण्ड गएका थिए । उनीहरूलाई पीसीआर परीक्षण गराइ भ्रमणमा ल्याएको बताउँदै नेपाल कैलाश ट्रेकका प्रबन्धक मैपी गुरूङले आगामी दिनमा पनि भ्रमणका लागि विदेशी पर्यटकले बुकिङ गर्न थालिसकेको जनाए ।

धार्मिक यात्रु एवं पर्यटकलाई सर्वसुलभ तबरले खान बस्ने व्यवस्था मिलाउन लाङ्टाङ राष्ट्रिय निकुञ्जले होटल तथा लजमा खाना बस्नको लागि शुल्क निर्धारण गरिसकेको छ । साथै, सुरक्षाका लागि आवश्यक स्थानमा पर्यटक प्रहरी र नेपाल प्रहरी परिचालन भइरहेको र रसुवाको भ्रमणमा खान बस्न कुनै समस्या नपर्ने होटल व्यवसायी संघ रसुवाका अध्यक्ष रामशरण गजुरेलले जानकारी दिए ।

नेपालको तेस्रो पर्यटन गन्तव्य मानिएको लाङ्टाङ पदमार्गमा पनि थोर बहुत पर्यटक ओहरदोहर भइरहेको र पर्यटकको आगमन संख्या बढ्ने अपेक्षाका साथ पदमार्गका सबै होटल सञ्चालनमा आइसकेको होटल व्यवसायी संघले जनाएको छ । रासस



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested